ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

स्वास्थ्यकर्मी सुरक्षा ऐनलाई राजनीतिक हस्तक्षेप नगरी पूर्ण कडाइका साथ कार्यान्वयनमा लैजान जोड

१५ जेष्ठ २०८१, मंगलवार
१५ जेष्ठ २०८१, मंगलवार

लमही, १५ जेठ ।

सरकारले ल्याएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन २०७९’ को राजनितिक हस्तक्षेप नगरेर कानुन कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवाला सबैले बताएका छन् ।

नेपाल चिकित्सक संघ काठमाडौंको आयोजनामा मंगलवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको ऐनको प्रचार–प्रसार कार्यक्रममा वोल्ने सरोकारवालाले कानुन आउनु अहिलेसम्मकै स्वास्थ्यकर्मिहरुको ठुलो पुजि र उपलब्धी भएको भन्दै यसको सही कार्यान्वयन गरेर कानुनि राज्यको स्थापना गर्नुपर्ने बताएका हुन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले ऐन आउनु सुखद पक्ष भएको भन्दै स्वास्थ्यकर्मिहरुले पनि विरामि मैत्री वातावरण बनाउन लाग्नुपर्ने बताए ।

‘चिकित्सकहरुले कम्तिमा पनि २ मीनेट भएपनि विरामीको पक्षलाई काउन्सिलिङ गर्न जरुरी छ, त्यसले आत्मीयता बढ्छ, हामि सकभर विरामिसंग वोल्नै नपरोस भन्ने चाहन्छौ–उनले भने–‘विरामिले चिकित्सकसंग छोटो समय विताउछ, तर, नर्स, स्वास्थ्यकर्मिहरुसंग धेरै समय विताउने भएकाले राम्रो वातावरण बनाउने कुरामा दुवै पक्षले ध्यान दिन जरुरी छ ।’ ऐनले चिकित्सकको मनोवल उच्च राख्न र कामप्रति अझ जिम्मेवारी र जवाफदेहीता बनाउन सहयोगि भुमिका खेल्ने उनको भनाई छ । यसै गरेर कार्यक्रममा वोल्दै घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई आतंकित पर्ने गरी घटाईएका अस्वाभाविक घटनाहरुका कारण स्वास्थ्यकर्मिको मनोवल खस्कदै जाने भन्दै स्वास्थ्यकर्मीहरुले आफ्ना कमिकमजोरी सच्याउदै लगे कानुन कार्यान्वयन गर्ने वातावरण वन्दै जाने बताए ।

अस्पतालहरुमा घटना घटेपछि आर्थिक लाभका लागि केही पेशेवर समुह पीडितको नाममा आउने भन्दै त्यस्ता समुहलाई सबै मिलेर पुर्णरुपमा निरुत्साहीत गनुपर्र्ने बताए । पिडितलाई पैसा दिएर मिलाउन खोज्दा घटना स्विकारेको जस्तो देखीन जाने भन्दै कुनै पनी स्वास्थ्यकर्मिहरुको लापरवाही नभएको अवस्थामा कानुनको सहारा लिनुपर्ने विचार ब्यक्त गर्नु गरे ।

त्यस्तै तुलसिपुर उपमहानगरका मेयर टिकाराम खड्काले कुनै पनि चिकित्सकले उपचारकोक्रममा लापरवाही गरे पिडित पक्षले स्वास्थ्यकर्मि र स्वास्थ्यसंस्थामाथि आक्रमणमा नउत्रि कानुन अनुसार मुद्धा हाल्नुपर्ने बताउदै गल्ती कमजोरी गरे चिकित्सकपनि जेल जाने बताए । यसैगरेर नेकपा एमालेका जिल्ला सदस्य विवेक श्रेष्ठले दाङमै भएका केही स्वास्थ्य संस्थामाथिका घटनाहरु निजि मेडिकल ब्यवसायि उक्साहटमा र चिकित्सकको अनावश्यक आन्तरीक प्रतिष्पर्धाका कारण हसनृ गरेको घटना सुनाउदै पेशागत मर्यादामा रहेर काम गरेर कसैले पनि केही गर्न नसक्ने र अस्पतालमा घटना घटे लगत्तै पुग्ने केही आर्थिक पेशेवर समुहलाई निरुत्साहीत गर्नुपर्ने पनि तर्क गरे ।

कार्यक्रममा लुम्विनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले ऐनको पूर्णरुपमा कार्यान्वयन गर्न सबैले आ–आफ्नो तर्फवाट सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सुरक्षा प्रत्याभूति गराउने गरी ऐन आएको भन्दै चिकित्सकहरुको पनि आफ्नो पेशागत मर्यादामा बस्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?