लमही ,१० जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई विश्व शान्तिका लागि मद्त पुग्ने विश्वास गरेका छन्।
बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६८ औं जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री महराले धार्मिक, सामाजिक तथा सांस्कृतीक विविधता बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई विश्व शान्तिका लागि मद्दत पुग्ने विश्वास गरेका हुन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘एसियाका ज्योतिका रूपमा परिचित विश्व शान्तिका अग्रदत गौतम बुद्धको जन्मभूमि लुम्बिनी प्रदेश हुनुहामी लुम्बिनी प्रदेशबासीका लागि स–गौरवको विषय हो। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिन–वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गरी मनाईने बुद्ध जयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समुद्ध इतिहाससँग जोडेर सोबाट प्रेरणा लिदै प्रगतिपथमा अग्रसरका लागि प्रण गर्नेअवसरका रूपमा लिनुपर्दछ।’
मुख्यमन्त्री महराले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्ती एउटा उत्सवको रूपमा लूम्बिनी प्रदेशमा मनाउन उत्प्रेरित गर्दै समृद्ध लृम्बिनी प्रदेश बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामनासमेत गरेका छन्।