राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको राम्री देखि कपुरकोट सम्म दैनिक ९ घण्टा सडक बन्द हुने भएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म र बेलुका ९ बजेदेखि राति १२ बजेसम्म दैनिक ९ घण्टा सडक बन्द हुने भएको डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिए ।
सडक बन्द जेठ ११ गतेदेखि जेठ २० गतेसम्म हुने छ । सडक चौडा गर्नका लागि राम्रीदेखि कपुरकोट सम्मको विभिन्न स्थानमा व्याक कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपर्ने अवस्था आएको डिभिजनले जनाएको छ ।
राम्री– कपुरकोट सडक बन्द भएको समयमा पैयाँखोरे सातबास किमुचौर हुँदै कपुरकोट सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख अधिकारीले जानकारी दिए ।