ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण

८ जेष्ठ २०८१, मंगलवार
८ जेष्ठ २०८१, मंगलवार

दाङ, ८ जेठ ।

नेकपा एमाले दाङको १४ औँ अधिवेशनबाट सर्वसम्मत नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुलाई शपथ ग्रहण गराईएको छ । कार्यक्रममा अध्यक्ष मन्डलका सदस्य हिराचन्द्र केसीले नवनिर्वाचन अध्यक्ष शिवकुमार आचार्यलाई शपथ ग्रहण गराएका थिए । त्यसपछि नवनिर्वाचित अध्यक्ष आचार्यले पार्टी पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण समारोहपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले नवनिर्वाचित जिल्ला कमिटीलाई परिणाम देखिने गरी जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् । उनले दाङको कम्युनिस्ट आन्दोलन निकै पुरानो भएपनि निर्वाचनबाट पाउनु पर्ने उपलब्धी हासिन गर्न सफल नभएको स्मरण गराउँदै अब अबका दिनमा जुन सुकै गठबन्धन भएपनि एमालेले पराजित गरेर देखाउन सक्ने हुनुपर्ने बताए । नयाँ नेतृत्वले मिसन ८४ लाई मुख्य लक्ष्य बनाएर जिल्ला, पालिका, वडा तहसम्मको संयन्त्र क्रियाशील बनाउँदै नियमित अनुगमन र निगरानी गर्नुपर्ने बताए ।

यसैगरी, नेकपा एमालेका सचिव एवम् प्रदेश इन्चार्ज पद्मा अर्यालले सबैलाई साझा बनाएर काम गर्न आग्रह गरिन । उनले अबको कार्य दिशा र एजेन्डामा मिहिन रुपमा समिक्षा गर्दै पार्टी काममा लाग्नुपर्ने बताइन । अबको एक वर्ष कामको संकल्पलाई परिणाममा देखाउन ध्यान दिनुपर्नेमा जोड दिइन । नवनिर्वाचित अध्यक्षले आफ्नो टिमले परिणाम आउने गरि काम गर्ने विश्वास दिलाउँदै बिस्तृत योजनासहितको कार्यक्रम चाँडै सार्वजनिक गर्ने बताए ।

निवर्तमान अध्यक्ष हुकुम बस्नेतले जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै एमाले दाङबाट एकताको सन्देश प्रवाह गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले मिसन ८४ लाई सफल पार्न अब जिल्ला नेतृत्वले गम्भीरतापूर्वक लाग्नेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा दाङ जिल्ला इन्चार्ज चेतनारायण आचार्य,अध्यक्ष मण्डलका संयोजक नरुलाल चौधरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल,अध्यक्ष मण्डलका सदस्य घनश्याम पाण्डे लगायतले अबका दिनमा काम नगर्नेलाई सम्मानपूर्वक विदाई गर्न ढिलाई गर्न नहुने बताए । नेकपा एमाले दाङका १४ हजार २ सय ५९ पार्टी सदस्यबाट छनोट भएर आएका ७ सय ८८ प्रतिनिधिबाट १ सय २० सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?