© २०२३
बुटवल,७ जेठ । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मत गणना अनुसार गुरुङले २९१ मत प्राप्त गरेर विजयी भएका हुन् । प्रतिस्पर्धी डिल्ली बिसीले १५४ मत प्राप्त गरे । पूर्व पत्रकार समेत रहेका बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ रहेको प्रचार गरिएको थियो ।
उपाध्यक्षमा रत्न खत्री बिजयी भएका छन् । प्रदेश सरकारका सामाजिक बिकास मन्त्री समेत रहेका खत्रीले ३१३ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी रबिन्द्र लम्सालले १३८ मत पाएका छन् । त्यसैगरि सचिव पदमा बलराम भट्टराई १३९ मतका साथ बिजयी हुँदा खिल प्रसाद भुसालले १०६ मत, भिम वलीले ९५ मत र दत्त आचार्यले ८८ मत पाएका छन् । उपसचिव महिलामा निर्मला सुनार बिजयी भएकी छन् भने पुरुष सचिवमा किशोर थापा बिजयी भएका छन् ।
उपाध्यक्ष खत्री बिसी प्यानलबाट र सचिव भट्टराई गुरुङ प्यानलबाट चुनाव लडेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी