ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु

३ जेष्ठ २०८१, बिहीबार
३ जेष्ठ २०८१, बिहीबार

बुटवल,३ जेठ ।

बुटवलको विकासका लागि पुनः संरचना विषयक दुई दिने गोष्ठी बुटवलमा सुरु भएको छ । सिद्धार्थ इन्टरनेशनल कलेज बुटवलले पछिल्लो समय बुटवलको विकासका लागि बजारलाई चलायमान बनाउन तथा बुटवलको पुनः संरचनाका विषयमा कलेजमा अध्ययनरत विद्यार्थी, उद्योगी, बैंकर्श,शिक्षकलगायतको सहभागितामा बिहीबार र शुक्रबार सिद्धार्थ फेष्टको आयोजना गरेको हो ।

कार्यक्रममा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले बुटवलको विकासका लागि पर्यटन, शिक्षा, आईटीलाई जोडेर लैजानु पर्ने बताए । उनले पर्यटन आकर्षणको लागि लुम्बिनीको विकास गरी शिक्षालाई आईटीसंगै आईटीलाई उद्योगसंग लैजान सकेमा रोजगारीको सिर्जन गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा विकासको प्रचुर सम्भावना रहेकोले यसको लागि उपमहानगरपालिकाले विभिन्न तालिमहरु प्रदान गर्न तयार रहेकोले सधै साथ र सहयोग गर्ने बताए । उनले काम भन्दा धेरै भाषणमा मात्रै समय खर्च गर्ने र ग्रास रुटबाट काम नगर्दा बुटवललाई सोचे अनुसार अगाडि बढाउन नसकिएको बताए ।

त्यस्तैगरी लुम्बिनी टेक्निकल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालले आईटी सेक्टरलाई प्राथमिकता नदिने हो भने अबको युवा पछाडि पर्ने बताए । आईटी त्यस्तो प्रविधि हो जसको भरमा बिदेशमा रहेका नेपाली युवाहरुलाई स्वदेशमै ल्याएर रोजगारीसंग जोड्न सकिने बताए ।

कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष तथा समाजसेवी एजाज आलमले बोल्दै स्वास्थ्य र शिक्षाका लागि विदेशिने युवाहरुलाई रोक्न नसक्नुले बुटवल बजार गुल्जारमय बन्न नसकेको बताए । उनले औद्योगिक र पर्यटकीय क्षेत्रमा विकास गर्न सकेमा बुटवल चलायमान बनाउन सकिने बताए ।

त्यस्तैगरी सिद्धार्थ इन्टरनेशनल कलेजका अध्यक्ष महेशमान सिंह, नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुशिल कुमार नेपाल, तिलोत्तमा कलेजका संस्थापक क्याम्पस प्रमुख प्रोफेसर डा. रामचन्द्र आचार्य, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, आईटी स्ट्रक्चर एण्ड सलुसनका को – फाउण्डर श्रृष्टि गुरुङ्गलगायतल बोल्दैे बुटवललाई कसरी हुन्छ ? हराभरा र चलायमान बनाउनु पर्ने धारणा व्यक्त गरेका थिए । उत्त, कार्यक्रममा अर्जुन ज्ञवालीले प्यानलिष्ट सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

त्यस्तैगरी कलेजका प्राचार्य रामप्रसाद खरेलले बोल्दै व्यवसायी र पेशागत रुपमा सञ्चबलन गर्न अहिलेको अवस्थामा बुटवललाइृ कसरी समृद्ध र आर्थिक रुपमा चलायमान बनाउने भन्ने सन्दर्भ बारे प्रकाश पारेका थिए। कलेजका व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी चिरन्जीवी जोशी,  कलेजका प्रोग्राम संयोजक तथा उपप्राध्यापक प्रेमराज पोख्रेलले पनि मन्तव्य व्यक्त गरेका थिए । शुक्रबार दोस्रो सेशनको कल्चरल कार्यक्रम गरेर समापन गरिने कलेजका प्रशासकीय अधिकृत काशीराज ज्ञवालीले बताए । २०६६ सालमा पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त गरेपछि बिबए र बीबीआई कार्यक्रमहरु सञ्चालन गरेको सिद्धार्थ कलेजले हरेक वर्ष कलेज फेष्ट गर्दै आएको छ । कलेजमा करिब ३ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?