© २०२३
बुटवल, १९ बैशाख ।
लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत नेपालगंज मेडिकल कलेजको अध्यक्षमा खुमा प्रसाद अर्याल चयन भएका छन् । बुधबार बसेको संचालक समितिको वैठकले सर्वसम्मत रुपमा अर्यालको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । लामो समयदेखि मेडिकल शिक्षामा समर्पित अध्यक्ष अर्यालले नेपालगंज मेडिकल कलेजलाई समयानुकुल भोलिका दिनमा स्वास्थ्य सेवामा अत्याधुनिक प्रविधिका साथ सर्वसुलभ तथा गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा कलेज प्रतिवद्ध रहने जानकारी दिए ।
नयाँ संचालक समितिमा लोकहर्ष शाक्य, अजय गुप्ता, सन्दिप अग्रवाल, सन्तोष कुमार खनाल, डा.सुरेश कुमार कनोडिया, सन्तोष कनोडिया, दिनेश श्रेष्ठ र अनिज श्रेष्ठ रहेका छन् भने कलेजको प्रमुख कार्यकारी अधिकृतको रुपमा सन्तोष कुमार वि.एनलाई अनुमोदन गरिएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित यस कलेज वि.सं. २०५३ सालमा स्थापना भएको हो । यस कलेज अन्तर्गत नेपालगंजमा ७५० शैयाको अस्पताल र कोहलपुरमा २५० शैयाको अस्पताल रहेको छ भने शैक्षिक कार्यक्रम चिसापानीमा सञ्चालनमा रहेको छ ।