ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा
सन्दर्भ विश्व मजदुर दिवस :

हराउदै गएको श्रम सम्मान

१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

हाम्रो श्रमको के मुल्य छ र यहाँ ? यो देशमा पसिनाको सम्मान नै छैन । हाम्रो श्रमको अलिकतिपनी सम्मान हुने भए, कसलाइ रहर छ र अरूको देशमा पसिना बगाउने ? कृषि पेशा गरी घरमा गाईँ भैसी पाल्नेको भन्दा कुकुर पाल्नेको इज्जत हुने, आफ्नो काम आफैले गर्नेको भन्दा अर्काको छोरा÷छोरीलाइ काम कज्याउने को बढि इज्जत हुने, इत्यादि जस्ता हाम्रो समाजमा ब्याप्त यी यथार्थ प्रवृतिहरू समाज विकासका प्रमुख बाधकहरू मध्ये रहेको मानिन्छ ।

श्रम विना कुनै पनि कुराको विकास सम्भव हुदैन । दार्शनिक सोफेकेलेसको यो पंक्तिले श्रमको महŒव प्रष्ट पारेको छ । हरेक सीप विकासको शुरुवात श्रमसंगै हुन्छ भन्ने आशय विश्वविख्यात दार्शनीक जोन डिवे को रहेको छ । त्यसैगरी श्रम विना समाज अगाडी बढ्न नसक्ने तथा श्रमले नै समाज संरचनाको बिकासको निमित्त शान्तिपूर्ण क्रान्ति अगाडी बढाउने दावी महात्मा गान्धीले गरेको छन् । कार्ल माक्र्सले श्रमलाई समाजमा आमूल परिवर्तन गरि पूनःसंरचनाको मार्गमा अगाडी बढाउने कारक तत्वको रूपमा ठोकुवा गरेका छन् । अब्राहम लिङ्कनका अनुसार कुनैपनि व्यक्ति तथा समाजलाई आत्मनिर्भर तथा स्वतन्त्र बनाउने एकमात्र आधारको रूपमा श्रम नै भएको कुरा दाबी गरेका छन् । दार्शनिक कन्फ्यूसियसले श्रम अर्थात मेहनत मानिसको अपरिहार्य सद्गुण हुनुपर्नेमा जोड दिएका छन् । यसरी उल्लेखित अभिव्यक्तिहरूका आधारमा भन्न सकिन्छ कि श्रम अर्थात मेहनत नै हरेक विकास तथा परिवर्तनको आधार हो । व्यक्ति, परिवार, समाज, समुदाय, राष्ट्र तथा समग्र विश्वको परिवर्तन सुधार तथा विकासको निमित्त श्रमको आवश्यकता पर्दछ । श्रम विना कुनै पनि सकारात्मक प्रकृया अगाडी बढ्न सक्दैन । अतः जुन व्यक्ति, परिवार तथा समाजमा श्रम वा मेहनत गर्ने परिपाटी हुन्छ त्यहाँ विकास तथा परिवर्तन हुन्छ, अन्यथा त्यो यथास्थिति मै रहन्छ । यसरी श्रमको मात्रा ले नै विकासको गति निधारण गर्दछ । कुनै पनि देश छिटो वा ढिलो विकसित हुनुमा त्यस देशका मानिसहरूले गर्ने श्रम र श्रम प्रतिको दृष्टिकोणले ठूलो भूमिका खेलेको देखिन्छ ।

श्रम प्रतिको दृष्टिकोण समाजमा व्याप्त संस्कृतिबाट प्रभावति हुन्छ र त्यसले श्रमको मुल्याङ्कनलाई प्रत्यक्ष्य प्रभाव पारेको हुन्छ । समाजमा व्याप्त प्रत्येक पेशा, व्यावशाय तथा कार्यहरू श्रमसंग जोडिएका हुन्छन् र उक्त पेशा तथा कार्यहरूलाई हेर्ने दृष्टिकोण समाज अनुसार फरक पर्दछ जसको मुख्य कारण समाजमा विद्यमान संस्कृति (जुन धर्मसँग पनि जोडिएको हुन्छ) हो भन्ने आशय कार्ल माक्र्सको रहेको छ । कुनै पनि पेशा अथवा कामलाई सानो वा ठूलो, राम्रो वा नराम्रो उच्च स्तरको वा निम्न स्तरको भनि निर्धारण गर्नमा विद्यमान समाजमा व्याप्त संस्कृतिको ठूलो भूमिका हुन्छ । अतः कुनै पनि समाजमा श्रमको कति सम्मान गरिन्छ भन्ने कुरा त्यस समाजमा व्याप्त संस्कृतिले निर्धारण गर्दछ । मुलतः हिन्दु धर्म द्वारा निर्देशित हाम्रो संस्कृतिमा परम्परा देखिनै उच्च तथा निम्न जात वा वर्णका आधारमा पेशा तथा कार्य विभाजन र सोही अनुरूपको दृष्टिकोण निर्धारण भई अझसम्म पनि त्यसको प्रभाव रही रहेको पाइन्छ भन्ने धारणा शिक्षाविद् विद्यानाथ कोइरालाको रहेको छ । उदाहरणको लागि सुकिलो कपडा लगाई कुर्सिमा बसेर गरिने पेशा तथा कार्यहरूलाई उच्च सम्मान दिइने तर खेतवारी, भवन निर्माण कलकारखाना इत्यादी जस्ता पेशा तथा कामहरूलाई निम्न दृष्टिकोणले हेरिने यथार्थ हाम्रो समाजमा विद्यमान छ ।

सामान्यतया यदि कसैले सजिलो खालको कार्य गर्दछ भने त्यसलाई राम्रो पेशा मानिन्छ तर अप्ठयारो अर्थात शारिरिक श्रम वढी प्रयोग हुने कार्य गर्दछ भने त्यसलाई नराम्रो मानिने साघुरो दृष्टिकोण अझ पनि हाम्रो समाजमा व्याप्त छ । कुनै पनि व्यक्तिसंग पहिलो पटक भेट हँुदा उसले के काम गर्दछ भन्ने प्रश्न हाम्रो समाजमा मुख्य चासोको विषय मानिन्छ । अनि उसले गर्ने काम तथा पेशाको आधारमा उ प्रतिको दृष्टिकोण तथा सम्मानको तह निर्धारण गरिन्छ । तर उसले उक्त काम कसरी गर्छ? कति मिहनेत तथा इमान्दारीताका साथ गर्छ भन्ने कुराको त्यति चासो राखिन्न । मानौं कुनै सार्वजनिक स्थलमा बाटो खन्ने कार्य भईरहेको छ, मरिमरि पसिना चुहाई बाटो खन्नेहरूलाई भन्दा त्यहाँका कथित नाइकेहरू जो अनावश्यक गफ गरेर बसिरहेका हुन्छन्, तिनीहरूलाई नै ठूला मान्छेको दर्जा दिइ्न्छ, सम्मान गरिन्छ । जसले गर्दा पसिनाको मुल्य नगन्य हुनजान्छ । फलस्वरूप सबैलाई नेता बन्ने होडबाजी, कुर्सिमा बस्ने तछाडमछाड को परिपाटीको बिकास हुनजान्छ । मेहनत गर्ने परिपाटि निरुत्साहीत भई ठगी तथा भ्रष्टचारी मौलाउदै जान्छ । उत्पादनशिलतामा काम आउँछ, विकासको गति कमजोर हुँदैजान्छ । हाम्रो समाज यहि कुसंस्कृतिले ग्रासित छ त्यसैले विकासमा पछाडी छ । तर विकसित समाजको संस्कृतिले यस्तो भन्दैन । पश्चिमेली विद्वान इडविनले दावीका साथ भनेका छन् की तपाइको श्रमको सम्मान तपाईले के काम गर्नुहुन्छ? मा होइन, तपाईले त्यो काम कसरी गर्नुहुन्छ ? मा हुन्छ । यसवाट स्पष्ट हुन्छकी श्रमको मुल्याङ्कन कुनै पनि व्यक्तिको कार्यशैली, इमान्दारीता कार्यदक्ष्रता तथा प्रभावकारीताका आधारमा गरिनु पर्दछ । यसरी हेर्दा श्रमको सम्मान भनेको त मेहनेतको सम्मान हो । पसिनाको सम्मान हो । इमान्दारीताको सम्मान हो । कार्यदक्षता, प्रभावकारिता अथवा सीपको सम्मान हो ।

कुनै पनि काम सानो हुदैन, जुनसुकै काम जसले मानव र मानवताको हित गर्छ त्यसको समान महत्व हुन्छ र त्यसलाई सधै सम्मान गरिनु पर्दछ भनि मार्टिन लुथर कींङ्ग जुनियरले ठोकुवा गरेका छन् । विकसित देशहरूमा तपाई के काम गर्नुहुन्छ ? भन्ने प्रश्न सोधिदैन बरु तपाई कुन ठाउँमा काम गर्नुहुन्छ ? कति घण्टा काम गर्नुहुन्छ ? भनेर सोधिन्छ । यसले हाम्रो र उनीहरूको पेशाा प्रतिको दृष्टिकोणमा स्पष्ट भिन्नता देखाउछ । फलानोले के पेशा ÷के नोकरी गर्छ ? यो हाम्रो चासो हो, अनि संस्कती हो । यसैवाट हामी प्रशिक्षित छौं । त्यसैले यो हाम्रो शिक्षा पनि हो । फलानोले कति इमान्दारीता र प्रभावकारीताका साथ काम गर्छ ? यो प्रश्न हाम्रो संस्कृतिमा गौण देखिन्छ ।

तुलनात्मक रूपमा हेर्दा विकसित देशहरू र हाम्रो समाजमा श्रम प्रतिको दृष्टिकोणमा ठूलो भिन्नता देखिन्छ । उदाहरणको लागी अमेरिकामा भवन निर्माण, विद्युत तथा धारा जडान मर्मत, घर पेन्टीङ्ग, ढल सरसफाई इत्यादी जस्तो शारिरिक श्रमजन्य कार्यहरूलाई अरू सामान्य कार्य (जस्तै पसलमा सामान वेच्ने, निरक्षण गर्ने) भन्दा दशगुणा सम्म वढी परिश्रमिक दिइन्छ । यसको अर्थ जत्तिवढि श्रम, त्यत्तिनै सम्मान भन्ने बुझिन्छ । तसर्थ अमेरिकामा यस्ता कामहरू प्राप्त गर्न सामान्य व्यक्तिहरूमा तछाड मछाडको परिस्थिती सृजना भएको पाइन्छ । यस्ता कामदारहरूको आम्दानी वढी हुने भएकोले जीवनस्तर तथा जीवन शैली आकर्षक हुन्छ । तर हाम्रो समाजमा यसको ठीक उल्टो परिस्थिति व्याप्त छ । सकी नसकी पसीना वगाई उच्च शरिरिक जोखिम मोलेर काम गर्नेहरूको परिश्रामीक नगन्य हुन्छ साथै उनीहरूलाई सामन्यतया समाजले हेर्ने दृष्टिकोण पनि निम्न हुन्छ जीवन स्तर पनि कठिन हुन्छ । तर दिनभर खुट्टा हल्लाएर हस्ताक्षर गर्ने तथा तोक लगाउने र पाएसम्म घुस खानेहरूको परिश्रमीक तथा सम्मान वढी हुन्छ । जीवनशैली आरामदायी हुन्छ । जसले गर्दा परिश्रम गर्नेहरूमा नैराश्यता तथा हिनताको भावना पैदा हुन गई विदेश पलायन हुने क्रम बड्दै गएको यथार्थ स्पष्ट देख्न सकिन्छ । अर्को तर्फ विकसीत देशमा मानौ कुनै एउटा होटलमा म्यानेजर देखि लिएर क्लिनर सम्म सबैलाई आ–आफनो काममा उत्तिकै समान महत्व तथा जिम्मेवारी प्रदान गरिनु, समान व्यवहार गरिनु र उत्तीकै सम्मानपुर्ण दृष्टिकोणले हेरिनुले गर्दा नेपालमा त्यही पेशाा तथा नोकरी गर्न हिचचिाउनेहरू विदेशमा गई त्यही कार्य आत्म सम्मानका साथ गरिरहेको तीतो यथार्थ छलङ्ग देख्न सकिन्छ ।

शिक्षा र संस्कृतिलाई एक अर्काका परिपूरक मानिन्छ । संस्कृति मुल्यमान्यता तथा दृष्टिकोणको समग्र रूप हो । संस्कृतिले परम्परा, धर्म, रितिरिवाज इत्यादी सम्बन्धी विचारहरू वोकेको हुन्छ । शिक्षालाई संस्कृितको संवाहकको रूपमा लिइन्छ । प्रत्येक समाजको शिक्षाले त्यहाको संस्कृति वोकेको हुन्छ । संस्कृतिले शिक्षाको ढाँचा निर्माण गरेको हुन्छ भने शिक्षाले चेतनाको माध्यमद्वारा संस्कृतिको सुधार तथा पुनःनिर्माण गर्दछ । अर्थात संस्कृतिले शिक्षालाई प्रभावित गरेको हुन्छ भने शिक्षाले संस्कृतिको विकास गर्नमा ठूलो योगदान पु¥याएको हुन्छ । ठूलो भएपछि कि त डाक्टर कि त इन्जिनियर बन्नु पर्दछ भनेर एकोहोरो रूपमा वाल वालीकालाई रटाइने संस्कृति हामीमा अझै व्याप्त छ । डाक्टर इजिनियर इन्यादी वाहेक अरू त पेशाा नै होइनन् भन्ने संस्कृति वोकेको हाम्रो शिक्षाले विद्यार्थी तथा अभिभावकमा एक खालको विकृति थोपरेको पाइन्छ । व्यक्तीगत क्षमता, रुची तथा आवश्यकताहरूलाई एकतिर पन्छाएर डाक्टर, इन्जिनियर बन्ने बनाउने होडवाजीले अस्वस्थ प्रतिष्प्रधा, शिक्षामा व्यापारीकरण र भ्रष्टचार निम्ताएको यथार्थलाई नकार्न सकिदैन । यसको सबभन्दा घातक पक्ष त अन्य पेशाा प्रति निम्न दृष्टिकोणको विकास भई व्यवसायिक सिपमुलक, कृषिजन्य र घरेलु व्यवशाय तथा पेशाहरू ओझेलमा परेका छन् ।

अर्कातर्फ हिन्दु परम्परा बोकेको हाम्रो संस्कृतिले कथित उच्च र निम्न जात तथा वर्णका आधारमा पेशा विभाजन गरिदिएकोले कुनै पनि पेशाालाई हेर्ने दृष्टिकोणमा भिन्नता सृजना गरि धेरै हदसम्म कुनै पनि काम तथा पेशालाई ठूलो तथा सानोको संकुचित घेरामा राखेको अवस्था अझै पनि समाजमा व्याप्त देखिन्छ । कुनै एक व्राम्हणको पैसावाल छोरोले मरेका र मारिएका जनावरहरूको छाला जम्मा गरेर व्यवस्थित रूपमा प्रशोधन गरी स्तरिय छाला उत्पादन गरि अन्य मुलुकमा निर्यात गर्ने सोच किन गर्दैन ? यो सोंचलाई कुन कुराले रोकेको छ ? यस्तो सोचको विकास हाम्रो समाजमा कहिले होला ? यी प्रश्नहरूको जवाफदेहीतामा हाम्रो स्रस्कति र शिक्षा दुवैको जिम्मेवारीता देखिन्छ । परम्परा देखिनै कडा परिश्रम प्रयोग हुने र जोखीमपुर्ण पेशाा तथा कामहरू कथित तल्लो जातिको भागमा जन्मजात रूपमा पर्नु, उनीहरूको कामलाई तुक्ष्य दृष्टिकोणले हेरिनुमा सर्वप्रथम हाम्रो संस्कृति जिम्मेवार छ त्यसपछि परम्परा, अन्धविश्वास, अव्यवहारिकता र अवैज्ञानिकता वोकेको हाम्रो शिक्षा जिम्मेवार देखिन्छ । जुन पेशा अथवा काममा वढि पसिना वगाउनु पर्दछ त्यही पेशाालाई अपमान तथा हेला गर्नु भनेको त सिधै श्रमको अपमान गर्नु हो ।

श्रमको अपमान गर्नु भनेको सीप विकास तथा व्यवसायिकतालाई निरुत्साहीत गर्नु हो, उत्पादनमा कमि ल्याउनु हो । विकासको गतिलाई घटाउनु हो । जापान, चीन अमेरिका जस्ता देशहरूमा उच्च विकास हुनुको मुलभूल श्रेय त्यहाको जनशक्तिलाई मानिन्छ । अमेरिकाका प्रशिद्ध कुटनितिज्ञ ग्रोभर क्लेभल्याण्डका अनुसार अमेरिकाको सम्वृद्धिको मुल मर्म भनेको साँचो श्रमको पहिचान तथा सम्मानद्वारा इमान्दारीताका साथ पसिना वगाउनेहरूको आत्मसम्मानको वृद्धि गर्ने हुनुपर्दछ भनि उल्लेखगरेको पाईन्छ । त्यसैगरि ‘जापानको जन, त्यहाँको धन’ भन्ने प्रचालित भनाईले पनि मेहनेत गर्ने परिपाटीको सम्मान गरेको पाइन्छ । त्यस्तै चीनको सन्दर्भमा हेर्ने हो भने १९४९ मा चीन स्वतन्त्र भए पश्चात अन्धविश्वासी संस्कृतीमा पुर्ण रूपमा वन्देज लगाई परिश्रममा विश्वास गर्ने, कामदारलाई सम्मान गर्ने श्रमको आदर गर्ने कुराहरूलाई शिक्षाको मुल उद्देश्यमा समाहित गरि कडाईका साथ कार्यान्वयनमा ल्याएको पाइन्छ । तर हाम्रो देशको शिक्षा आफैमा परम्परावादी, अव्यवहारीक अवैज्ञानिक तथा सिद्धान्तमुखी भएकोले अन्ध विश्वासबाट ग्रसित संस्कृतिलाई परिवर्तन र परिमार्जन गर्न नसकेको अवस्था देखिन्छ । तसर्थ शिक्षालाई वैज्ञानिक, कार्यमुलक र उत्पादन मुखी वनाउन सकिएमा कार्य अर्थात काममा विश्वास गर्ने परिपाटीको विकास भई समाजमा मेहेनत तथा श्रम गर्ने र श्रमलाई सम्मान गर्ने परिपाटीको विकास हुन गई उत्पादन मुखी क्रियाकलापहरू द्वारा समाजको तथा सम्पुर्ण राष्ट्रको विकासले गति लिने कुरामा दुइमत नहोला । वैज्ञानिक तथा व्यवहारीक शिक्षाको माध्यमद्वारा हरेक पेशालाई सम्मानीत वनाउन तालीमको व्यवस्था गर्नु, उपयुक्त निति नियम निधारण गर्नु, लाइसेन्सको व्यवस्था गर्नु, वालवालिकालाई कार्यस्थलमा लगि प्रत्यक्ष्य सहभागी गराई प्रयोगात्मक कक्षा संचालन गर्नु जस्ता रणनितिहरू अपनाएमा श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास भई उत्पादनमुखी र विकासमुखी समाजको स्थापना हुने थियो की ?
– लेखकः भट्टराई त्रिविका उपप्रध्यापक हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?