ट्रेंडिंग:

>> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता

आगलागी पीडित भोकैः सरकार कहाँ छ ?

१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार

गुल्मी, अर्घाखाँची, पाल्पा, रूपन्देही र कपिलवस्तु लगायतका जिल्लामा भएको भीषण आगलागीका कारण सयौं घर परिवार विस्थापित भएका छन । गुल्मी र अर्घाखाँचीमा त कैयौ गाउँ नै सखाप भएको छ । आगलागी पीडितहरू खुला आकासमुनी बस्न बाध्य भएका छन । आगलागीको चपेटामा घरसहित अन्नपात सवै जलेपछि पीडितहरू भोकै बस्न बाध्य भएका छन । यो कुनै एक घरको समस्या मात्र होइन, सिंगो गाउँको समस्या हो । आगलागीको चपेटामा परेर गुल्मी र अर्घाखाँचीमा पाँचजनाको मृत्यु भएको छ । त्यही अवस्था तराईमा पनि छ । रूपन्देहीको दक्षिण क्षेत्र र कपिलवस्तुमा पनि आगलागीले आफ्नो भयावहता प्रकट गरेको छ । रूपन्देहीमा पनि सिंगो गाउँ नै प्रभावित हुनेगरि आगलागी भएको छ । आगलागी हुँदा अन्नपात केही पनि निकाल्न नपाउँदा कैयौं परिवार भोकै बस्नुपरेको छ । पीडित परिवार खुला आकासमुनी बसेर दिनरात कटाउन बाध्य भएका छन । त्यसो त बिगतको बर्षमा भन्दा यो बर्ष आगलागीको बितण्डा बढी नै फैलिएको छ । धेरै बर्षयता यति ठूलो हावाहुरी आएको थिएन तर तराई र पहाडमा एकतमासले आएको हावाहुरीले बैशाखको तापमा जंगल सवै सखाप भएको छ । सयौं जंगली जनावरको मृत्यु भएको छ । केही जनावर जंगलमा बस्न नसकेपछि बस्तीमा पसेको र त्यहाँ पनि मानवीय क्षतिको जोखिम बढेको छ । आगलागीको पीडाले पीडितहरू छटपटाउने अवस्थामा पुग्दा पनि राहतको कुनै खबर छैन । सरकार बेखबर जस्नै बनेको छ । रेडक्रस जस्ता सहायता संस्थाहरू गुमनाम छन । मानौं केही पनि भएको छैन । गुल्मी र अर्घाखाँचीका धेरै स्थानमा बस्तुभाउ समेत आगलागीमा परेर मरेका छन ।

ठूलो क्षति भएको छ । धेरै परिवारको आम्दानीको श्रोत गुमेको छ । आगलागीमा मानवीयसंगै भौतिक क्षतिले कतिपय परिवारको विचल्ली भएको छ । साथै प्रकोपका कारण कैयौं परिवार विस्थापित समेत भएका छन । प्रकोपमा परेकाहरूलाई सरकारले तत्काल राहत उपलब्ध गराउनु जरुरी छ । यो बर्ष ठूलो क्षति भएकोले सरकारले राहतमात्र होइन बस्तीको व्यवस्थापन गर्नेतर्फ ध्यान दिनुपर्दछ । अधिकांशको घरगोठ सबै जलेकोले नयाँ घर गोठ बनाउन सरकारले प्रभावकारी योजनाको घोषणा गरोस् । बिगतमा जस्तो कनिका छरेसरहको राहतले अव पीडितहरूको घाउमा मल्हम पट्टी हुनै सक्दैन । संघीय सरकारमात्र होइन, प्रदेश सरकार र स्थानीय पालिकाहरूले समेत आगलागी प्रभावितको व्यवस्थापनमा ध्यान दिनुपर्दछ । मौसमबीदहरूले आगलागीको जोखिम अझै केही दिन रहने भएको चेतावनी दिएका छन । अतः अवको दिनमा अहिलेसम्म जति क्षति भयो भयो, अरू क्षति हुन नदिनेतर्फ ध्यान दिनु जरुरुी छ । सरकारले पूर्व सतर्कताका काममा ध्यान दिनु जरुरी छ । आगलागीको जोखिम बढ्नुमा अव्यवस्थित वस्ती पनि प्रमुख समस्या हो । धेरै घर एकै स्थानमा गुजुप्प परेर बसेका कारण समस्या बढेको छ । खासगरि तराईमा कुनै एक घरबाट सुरु भएको आगलागी घर जोडिएकै कारण अन्यत्र समेत सरेको अवस्था छ । अवको दिनमा संभावित जोखिमवाट वच्नेतर्फ समयमै सचेतना अपनाउनु पर्ने आवश्यकतामा भने जोड दिनैपर्दछ । यो विषयमा पूर्व सावधानीका लागि सरकारको ध्यान जाओस् ।

गुल्मी र अर्घाखाँचीका आगलागी पीडितहरू अहिले बढी पीडामा छन । किनभने नजिक अरू बस्ती छैन । आगलागीले खानेपानीको पाईप डढेको कारण पानी बितरण अवरुद्ध भएको छ । त्यहाँको जनजीवन र डढेलो र आगलागी पीडितहरूको अवस्था कष्टकर वनिरहेको छ । खाने, वस्ने र सुत्ने व्यवस्था छैन । तसर्थ सम्वन्धित निकायले ध्यान दिन ढिलाई गर्नु हुँदैन । सरकारले आगलागी पीडितको पीडा सम्बोधनमा ढिलाई गरिरहेको छ । पीडितहरू भोकभोकै छन, सरकार मूकदर्शक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?