ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं

६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार

“नयाँबर्ष २०८१ सालको उपलक्ष्यमा सम्पूर्ण देशबासी अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना” । राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तरगत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा यही मिति २०८१ साल बैशाख ६ र ७ गते देशैभरी एकैसाथ सञ्चालन हुने भएको हुँदा आफ्ना बालबालिकाहरूलाई तोकिए अनुसार भिटामिन ए र जुकाको औषधी खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकाहरूसंग सम्पर्क गरी अनिबार्य रूपमा सेवन गराऔं । सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन ए संगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको यस कार्यक्रममा आफ्ना बालबालिकाहरूलाई यो अभियानमा नछुटाऔं । हरेक बर्ष बैशाख र कार्तिक महिनामा संचालन हुंदै आईरहेको यो महाअभियान नयाँबर्षको सुरुवातसंगै यही बैशाख ६ र ७ गते देशैभरी एकैसाथ खुवाउन परिपत्र गरेको हुनाले सबैले आ–आफ्नो स्थानबाट अभियान सफल बनाउन लाग्नु आवश्यक छ । आफ्ना भबिष्यका कर्णधार ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधी खुवाउन नभुलौं । यो अभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँछ । लुलो लङ्गडोको साथै असक्त हुनबाट बचाउनुका साथै अरू रोग संग लड्ने क्षमता पनि बढाउँछ । रतन्धो जस्तो घातक रोग हुनबाट समेत बचाउँछ । त्यसैले आफ्ना बालबालिकाहरूलाई निशुल्करूपमा उपलब्ध भएको यो औषधी सेवन गराउने कार्यमा अनिबार्य रूपमा सहभागी बनौं । भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सुचिकृत स्वास्थ्य संस्थाहरूले सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकाहरूद्वारा बर्षको दुईपटक कार्तिक र बैशाख महिनामा ६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए को क्याप्सुल खुवाईन्छ । जसमा ६ देखि ११ महिनाका लागि १,००००० आई.यु. (आधाक्याप्सुल) र १२ महिनादेखि ५९ महिना सम्मका लागि २,००००० आई.यु.(१ क्याप्सुल) खुवाउनु पर्दछ । साथै दादुरा, कडा कुपोषण, दिर्घ झाडापखाला र भिटामिन ए को कमीबाट हुने आँखा सम्बन्धि रोगहरूको लागि पनि स्वास्थ्य संस्थाहरूबाट भिटामिन ए को क्याप्सुलद्वारा उपचार गरिन्छ । त्यसैगरी शिशुलाई स्तनपानमार्फत भिटामिन ए को आपूर्ति गर्ने उद्देश्यले सुत्केरी महिलाहरूलाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकाहरूबाट एक क्याप्सुल २,००००० आई.यु. भिटामिन ए खुवाईन्छ । साथै परजीबी नियन्त्रण कार्यक्रम अन्र्तगत जन्मेदेखि १ बर्ष उमेरसम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाईन्छ भने १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूलाई सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकामार्फत अर्धबार्षिक रूपमा कार्तिक र बैशाख महिनामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलिग्राम एक मात्रा खुवाउने जसमा १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाका लागि २०० मिलिग्राम र २४ महिनादेखि ५९ महिना सम्मका बालबालिकाका लागि ४०० मिलिग्राम खुवाईन्छ । बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्र्तगत बिद्यालय जाने बालबालिकाहरूलाई अर्धबार्षिक रूपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधी अल्बेन्डाजोल ४०० मिलिग्राम एकमात्रा खुवाउने चलन छ र सोही अनुसार सहभागी गराई खुवाउनु पर्दछ । त्यसैले यो कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम भएको हुनाले यसलाई अभियानकै रूपमा संचालनमा ल्याईएको पाईन्छ ।

के हो त भिटामिन ए :

ब्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रोसंग कार्य गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने सुक्ष्मपोषक तत्वको रूपमा मानिने रासायनिक पदार्थलाई भिटामिन भनिन्छ । भिटामिन ए ले शरिरलाई बिभिन्न किसिमका संक्रमण रोकथाम गर्दछ । आँखालाई स्वस्थ राख्दछ । बालबालिकाको बृद्वि बिकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौति दुध, सिङ्गो माछा, जनावरको दुध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी, अण्डा , पंहेला फलफूल, तरकारी, फर्सी, मेवा आदीमा श्रोतको रूपमा पाईन्छ भने तयारी क्याप्सुलको रूपमा बिभिन्न मात्रामा सुरक्षित साथ तयार पारिएको हुन्छ । त्यसैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबद्र्धक पोषकतत्वको रूपमा मानिएको छ ।

यसरी नेपाल सरकारबाट निशुल्क रूपमा बितरण गरिएका यी महत्वपूर्ण स्वास्थ्य सम्बन्धि अभियानका कार्यक्रमहरूलाई आ– आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अबधिका आधारमा अनिबार्य रूपमा गएर आ– आफ्ना बालबालिकाहरूलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरूबाट बचाउनको लागी औषधि सेवन गराउनु हरेक बाबा आमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ । साथ साथै यही मिति २०८१ बैशाख ६ र ७ गते संचालन हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भब्यताका साथ सफल पारौं । प्रत्येक बालबालिकाका अभिभाबक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरू, शिक्षक शिक्षिकाहरू, सामुदायिक महिला स्वास्थ्य स्वयंसेबिका, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्य रहेमामात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ भन्ने कुरामा दुईमत हुँदैछ । त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ–आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं । “भिटामिन ए र जुकाको औषधि निशल्क पाईन्छ । यी दुबै सुरक्षित छन् । यी दुवै औषधिले जीवन रक्षा गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?