© २०२३
काठमाडौं,३ बैसाख । राप्रपाले एक साताअघि काठमाडौंमा गरेको आन्दोलनका क्रममा प्रहरीले हानेको अश्रु ग्यासले अस्वस्थ बनेका बर्दियाको मधुवनका ठाकुरप्रसाद डाँगीको निधन भएको छ।
गत चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी हुँदा प्रहरीको अश्रुग्याँसबाट राप्रपा मधुवन नगर कार्यसमितिका अध्यक्ष डांगीको स्वास्वप्रश्वासमा समस्या देखिएको थियो।
अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा आज बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनको शवलाई श्रद्धाञ्जलीका लागि आज मध्यान्ह १२ बजे राप्रपा कार्यालयमा चाबहिलमा राखिने प्रवक्ता श्रेष्ठको भनाइ छ। राप्रपाले राजसंसस्था पुनःस्थापना, संघीयता खारेजी लगायत ४० बुदे माग सहित आन्दोलन घोषणा गरेको छ ।