© २०२३
सुर्खेत, १३ फागुन । नेकपा एमाले सुर्खेत जिल्ला कमिटीका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । नवौं जिल्ला अधिवेशनबाट पाँच पदाधिकारीसहित ९९ र सात सदस्यीय लेखा कमिटी निर्वाचित भएका छन् । निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सूर्यमणि गौतमले नवनिर्वाचित अध्यक्ष कुलमणि देवकोटालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
अध्यक्ष देवकोटाले जिल्ला र लेखा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेल, सुर्खेत इन्चार्ज गोरख बोगटी, केन्द्रीय सदस्य मोहनमाया ढकाल लगायत नेताहरूको सहभागिता रहेको थियो । नवौ जिल्ला अधिवेशनले सर्वसहमतिमा नेतृत्व चयन गर्न नसकेपछि आइतवार निर्वाचन भएको थियो ।