Butwal Today

कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

१२ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-
ललितपुर ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ  गराएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले उनीहरुलाई शपथ दिलाएका हुन् । महाधिवेशनबाट सभापतिमा  निर्वाचित थापाले भने गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए । उहाँबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिएका हुन् ।
शपथग्रहणलगत्तै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरे । त्यस अवसरमा संयोजक खड्काले उक्त महाधिवेशनलाई कांग्रेसले मात्र नभई आम नेपाली नागरिकले चासोका साथ लिएका बताए । उनले देशमा विधिको शासन, संवैधानिक सर्वोच्चता कायम राख्न सबै केन्द्रीय पदाधिकारी तथा सदस्यलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?