© २०२३
बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते प्रथम दलित ज्ञान उत्सव हुने भएको छ ।
तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव हुने भएको हो । आईतबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै आयोजकले सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।
पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले बुद्धभूमि रुपन्देहीबाट विभेदका विरुद्ध सन्देश दिने गरी प्रथम दलित ज्ञान उत्सव गर्न लागिएको जानकारी दिए । उनले दलित समुदायको ज्ञान, सिप र पेशा विभेदका कारण पछाडि पारिएको बताउँदै ज्ञानउत्सवले त्यसलाई चिर्ने बताए । उनले ज्ञान उत्सवमा विभिन्न बिषयहरुमा छलफल हुने बताउँदै सामाजिक न्याय, समानता र विभेदका विरुद्ध तिलोत्तमा नगरपालिकाले एउटा पहल थरेको बताए । नगरप्रमुख खाँणले तिलोत्तमा नगरपालिकाले भौतिकसँगै मानवीय विकासलाई अघि बढाउने नीति अनुसार ज्ञान उत्सवमा सहकार्य गरिएको बताए ।
पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दलितहरुको श्रम, सिप र ज्ञानलाई जोडेर ढलेको आत्मसम्मानलाई उठाउने बताए । उनले प्रथम ज्ञान उत्सवले विभेद रहित र समतामुलुक दश बनाउने अभियानमा जोड्ने विश्वास गरे । तीन दिने ज्ञान उत्सवले दलित ज्ञान उत्सवले नयाँ इट्टा थप्ने तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए । उनले यो उत्सवमा सहभागिता हुनका लागि समेत आग्रह गरे ।
ज्ञान उत्सवको मुख्य विषय “नेपालमा जातीय अर्थतन्त्र” हुने भए पनि ज्ञानको जात शास्त्र, निजी क्षेत्रमा आरक्षण, दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, दलित राजनीतिक तथा सामाजिक आन्दोलन, कला–साहित्य र चलचित्र, दलित उद्यम र मिडियाको लोकतन्त्रलगायतका विविध विषयमा सम–सामयिक विमर्श हुने दलित रीडरका सल्लाहकार शुभाष नेपालीले जानकारी दिए । दलित रीडरका सदस्य निशा हरिजनले तीन दिन सम्म चल्ने ज्ञान उत्सवमा सातै प्रदेशबाट दलित अधिकारका क्षेत्रमा क्रियाशील दलित तथा गैरदलित वुद्धिजीवि, पत्रकार, अभियन्ता लगायत कलाकारहरुको सहभागिता रहने जानकारी दिईन । यस्तै तिलोत्तमा नगरपालिकाका आर्थिक विकाष समिति संयोजक गणेश पाठकले श्रमको सम्मान नगर्दा सम्म देशको विकास नहुने भएकाले सम्पूर्ण श्रमिकहरुको सम्मानका लागि पनि यो ज्ञान उत्सव कोशे ढुंगा हुने बताए ।
तीन दिनसम्म चल्ने यो दलित ज्ञान उत्सवमा २० भन्दा बढी सेसन ८० भन्दाबढी वक्ताहरु तथा साङ्गीतिक प्रस्तुतिहरू हुने सल्लाहकार शिवहरी ज्ञवालीले बताए । कार्यक्रममा गायक तथा निर्देशक यशकुमार, कलाकार दिया मास्के, संगितकार तथा सांगीतिक समूह कुटुम्बका सदस्य किरण नेपाली, मानवशास्त्री डा. शुरेश ढकाल, नेपाली दलित आन्दोलनका अगुवा नेतृत्व पदम सुन्दास, रणेन्द्र बराली, उमादेवी वादी, छविलाल विश्वकर्मा, जीवन परियार, विनोद पहाडी लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने छ । बुटवल स्थित होटल पौवामा हुने ज्ञान उत्सव हरेक दिन बिहान ०९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन चल्नेछ । ज्ञान उत्सवको हरेक साँझ सांगितिक प्रस्तुति रहने छ । यो हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने ज्ञान उत्सवका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएका छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी