© २०२३
बुटवल ।
अनेरास्ववियु रुपन्देहीले नयाँ बर्ष २०८१ सालको अवसरमा बृहत अखिल साँझ गर्ने भएको छ ।
अनेरास्ववियु रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न दोश्रो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चैत्र १६ र १७ गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने, चैत मसान्तभित्र समसामयिक बिषयमा अन्तत्र्रिmया कार्यक्रम आयोजना गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको कमिटीका अध्यक्ष भरत अर्यालले जानकारी गराउनु भएको हो ।
बैठकमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य लेखनाथ खनालले केन्द्रीय कमिटीको निर्णय अनुसार आगामी बैशाख १३ गते सबै पालिकामा हाजिरजवाफ कार्यक्रम आयोजना गर्न निर्देशन गरेका थिए । नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य एवं विद्यार्थी इन्चार्ज यम पान्डेले अनेरास्ववियुले विद्यार्थीका हरेक समस्याको समाधानका लागि अग्रसरता लिनुपर्ने बताएका थिए ।
बैठकमा अनेरास्ववियुका पुर्व नेता, नेकपा (एमाले) रुपन्देही जिल्ला सचिवालय सदस्य एवं विद्यार्थी सहइन्चार्ज बालकृष्ण पान्डेले बैठकबाट भएका निर्णय बिना शर्त कार्यान्वयन गर्न निर्देशन दिएका थिए । उनले अनेरास्ववियुका नेता कार्यकर्ताले सधै अनुशासनको पालना गर्दै आम विद्यार्थीको समस्यालाई समाधानको बिकल्प सहित उठान गर्न निर्देशित गरेका थिए ।
बैठकमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज साजन भन्डारी, सह इन्चार्ज शेषकान्त पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु कृष्ण बश्याल, दुर्गबहादुर एमसी, सागर न्यौपाने, बिजय कार्की, केन्द्रिय लेखा आयोग सदस्य दिपक चापागाईं, प्रदेश कमिटी सचिव रमेश ढकाल, प्रदेश कमिटी सदस्य कमल थापा मगर, गोमा भट्टराई, पुजन बश्याल, प्रबिण पान्डे लगायतले अनेरास्ववियुको बारेमा प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।
अनेरास्ववियु रुपन्देहीका पदाधिकारी तथा सदस्यहरुले आफुले प्राप्त गरेको जिम्मेवारी अनुसार आफ्नो कार्यक्षेत्रमा भएका गतिविधिका बारेमा रिपोर्टिङ गरेको बैठकमा कमिटीका अध्यक्ष भरत अर्यालले आगामी ३ महिनाको विशेष योजना प्रस्तुत गरेका थिए ।
बैठकमा कमिटीका अध्यक्ष भरत अर्याल र सचिव सुमित सापकोटाले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी