© २०२३
नवलपुर, ८ चैत। पुर्वि नवलपरासीको नवलपुरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै राँके जुलुस सहित प्रदर्शन गर्ने नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ ५ जना पक्राउ परेका छन् । पूर्वी नवलपरासीको कावासोतीमा विहीबार साँझ थानाचोकमा पूर्वपश्चिम राजमार्गमा नेविसले राँके जुलुस सहित प्रदर्शन गरेको थियो ।
प्रहरीले नेविसंघ लुम्बिनी आदर्श डिग्री कलेजका इकाई सभापति प्रज्वल पौडेल क्षेत्री, लुम्बिनी आवासीय मावि इकाई सभापति सुजल अधिकारी, नेविसंघ जिल्ला सदस्य मध्यविन्दु ५ निवासी जितु खड्का, जिल्ला सदस्य हुप्सेकोट ४ निवासी हुमन पाण्डे र नेविसंघ कावासोती नगर सदस्य रोहन क्षेत्रीलाई पक्राउ गरेको हो ।
प्रदर्शनपछि आयोजित कोणसभामा नेविसंघका केन्द्रिय सदस्य रामचन्द्र भट्टराई, जिल्ला सभापति हरि सुवेदी लगायतले सहकारीको रकम अपचलनमा गरेको आरोप लागेका मान्छे गृहमन्त्री बन्न नहुनै दाबी गरे । देशभर प्रदर्शन गरेर राजिनामा माग गरिरहेको छ । पक्राउ परेकाहरुलाई केही समयपछि छाडिने तयारी भईरहेको प्रहरीले जनाएको छ ।