Butwal Today

घण्टीवाहकले देश चलाउन सक्दैन : सांसद शाह

१५ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

चन्द्रौटा ।

नेपाली कांग्रेसका संसदीय दलका उपनेता तथा सांसद अभिषेक प्रताप शाहले घण्टीवाहकले देश चलाउन नसक्ने बताएका छन् । कपिलवस्तुको बिजयनगर गाउँपालिकाको पत्थरदेइयामा भएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ग‌ैर जिम्मेवार तरिकाले देश चलाउन नसक्ने बताउँदै गति केही दिनदेखि काठमाडौंका विभिन्न सञ्चारगृह र सञ्चारकर्मीमाथि हाइजेक गर्नु सरकारको कमजोरी रहेको उनले बताए । सञ्चार गृहमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने तथा अन्य पत्रकारको खोजी गर्ने घटनालाई इंगित गर्दै पत्रकारलाई आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न स्वतन्त्रता दिनुपर्ने शाहले जिकर गरे ।

यस्तै नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताए । जिल्ला उपसभापति हुमाकान्त खनालले पार्टीभित्रको एकता र आपसी सहकार्य नै सफलताको आधार भएको उल्लेख गरे ।

क्षेत्रीय सभापति गोविन्द केसी, महाधिवेशन प्रतिनिधि राजु खराल, सचिव प्रेम रायमाझी, महासमिति सदस्य जम्सेर अली मियाँ, घनश्याम बानियाँ, रफिक मोहम्मद, हरि पोख्रेल, विशाल गुप्ता, मधु पोख्रेल, निशा चौधरीलगायतले कार्यक्रमलाई सम्बोधन राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?