Butwal Today

दाङमा सर्पको टोकाइबाट एक बृद्ध महिलाको मृत्यु 

१५ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

लमही  ।

देउखुरीमा विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर २ केरुनिया निवासी ७५ वर्षीय अगनी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो घरअगाडि आँगनमा बसिरहेको अवस्थामा चौधरीलाई विषालु सर्पले खुट्टामा डसेको थियो । सर्पले डसेपछि तत्कालै उपचारका लागि उनलाई लमही अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय देउखुरीका विभिन्न क्षेत्रमा सर्पको गतिविधि बढ्दै गएको भन्दै डिभिजन वन कार्यालय दाङ देउखुरीले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

सर्पदंशबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि घरआँगन तथा आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन वन कार्यालयले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?