© २०२३
दाङ, ८ चैत ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले निर्माणाधीन बोटानिकल गार्डेनको अनुगमन गरेका छन । विश्वविद्यालयले १८ विगाहा क्षेत्रफलमा निर्माण गर्न थालेको बोटानिकल गार्डेनको निर्माणप्रति चासो व्यक्त गर्दै उपकुलपति लामिछानेले बिहीबार अनुगमन गरेका हुन् ।
बोटानिकल गार्डेनको निर्माणको जिम्मा प्रेमधन जेभीले पाएको छ । ७ करोड ४१ लाख १२ हजार ७१ रुपैँयामा निर्माण ठेक्का लिएको जेभीले २ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । निर्माणको अवस्था बुझ्न पुगेका उपकुलपति प्रा.डा. लामिछानेले निर्माण कार्य रोकिएकोप्रति चासो व्यक्त देखाएका छन् । विश्वविद्यालयका सहप्रशासक सुरजकुमार लामा, उपप्रशासकद्वय विनयकुमार पोखरेल, प्रदिप गौतम, उपलेखा नियन्त्रक रमेश भण्डारीसहित निर्माण स्थल पुगेका उपकुलपति प्रा.डा. लामिछानेले समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
यसैबीच अनुगमन टोलीले रत्न उद्यानको पनि अनुगमन गरेको छ । रत्न उद्यानमा निर्माण भइरहेको डीप बोरिङलगायतका संरचनाको बारेमा उपकुलपति प्रा.डा. लामिछानेले चासो व्यक्त गरे
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी