© २०२३
‘रूपान्तरित परिवर्तनका लागि साझा भविष्य’ भन्ने नाराका साथ साामजिक कार्य दिवस मनाइएको छ । आज खुसी दिवस हो । दुई दिवस एक दिनको फरकमा परेका छन तर दुवैको सार र उद्देश्य भने समान छ । सामाजिक काममा अझै जागरुकता, इच्छाशक्ति र अभिप्रेरणा मिलोस भन्ने उद्देश्यले मनाईने हरेक बर्ष चैत ६ गते मनाइने यो दिवसले सार्थक सन्देश दिने प्रयास गरेको छ तर धेरै कमलाई मात्रै यो दिवसको महत्वका बिषयमा जानकारी हुँदा यो दिवस ओझेलमा पर्दै आएको छ । सामाजिक सेवा दिवसले सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्छ । यो दिन सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू चिनाउने अवसर हो । निश्चितरूपमा पछिल्लोसमय सामाजिक सेवाको काममा त्यति ध्यान जान नसकेको परिस्थितिमा यो दिवसले फेरिपनि समाजमा केही योगदान गर्छु भन्नेहरूका लागि हौसला प्रदान गर्नेछ । सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरव मानिएको छ । वास्तवमा सेवाको भाव आफैमा महत्वपूर्ण छ । सामाजिक सेवा कार्यमा समर्पितहरू राष्ट्रिय गौरव नै हुन । किनभने सामाजिक सेवाको कार्यले उद्यमशीलता बढाउन मद्दत मिल्छ र त्यसबाट नै सम्मृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा विमति छैन । समाजमा योगदानको हिसावले उद्यम रूपान्तरणको महत्वपूर्ण माध्यम हो ।
सामाजिक क्षेत्रमा योगदान गर्छु भन्नेहरूलाई राज्यले समेत दुःख दिएको धेरै घटना छन । देशकै लागि योगदान गर्छु भन्नेहरूलाई बेलाबेला हतोत्साही गर्ने काम भएको कतैबाट लुकेको छैन । अर्को महत्वपूर्ण पक्ष के छ भने सामाजिक कार्य दिवस खुसीसंग पनि जोडिएको छ । सामाजिक कामले वास्तवमै खुसी र सन्तुष्टी दिन्छ । सामाजिक कार्य दिवसको एक दिनपछि पर्ने खुसी दिवसले पनि यही सन्देश दिनुपर्दछ । आज मानिस हरेक क्षेत्रबाट दुःखी भैरहेको बेला सामाजिक कार्यबाट खुसी मिल्नेगरी अघि बढ्न सकेको अवस्थामा निश्चितरूपमा त्यो समाजकै लागि उपलब्धि हुनेछ । आज खुसी दिवस हो । मार्च २० तारिख संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खुसी दिवस हो । यो दिवसले खुसी हुन पाउनु पनि आधारभूत मानव अधिकार हो र खुसी हुनु जरुरी छ भन्ने कुराको बोध गराएको छ । सन् २०११ मा संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई मानव जीवनको आधारभूत मानव लक्ष्य बनाउँदै खुसीलाई आर्थिक अवसर जत्तिकै प्राथमिकता दिन आव्हान गरेको हो । चिन्ताको कुरा के छ भने २०२२ मा अन्तर्राष्ट्रिय खुसी दिवस अघि जारी गरिएको उक्त वर्षको विश्व खुसी प्रतिवेदन २०२२ को १० औँ संस्करणमा नेपाल ८४ औँ स्थानमा छ । भन्नुको तात्पर्य नेपाल विश्वको खुसी हुने देशको ८४ औं स्थान तल छ । यसले के संकेत गर्छ भने नेपालका जनता अझैपनि खुसी हुने बिन्दुको शीर्षस्थानमा पर्न सकेका छैनन् । अहिले मानिस अनेकौं दुःख, पीडा, शोक र चिन्तामा छ । तसर्थ अब असहज अवस्थामा पनि खुसी हुनेतर्फ प्रयास गर्नुपर्दछ । जति खुसी हुन सक्यो त्यति स्वस्थ्य बन्न मद्दत पुग्छ । तसर्थ सामाजिक कार्य दिवससंगै खुसी दिवसको अवसरमा खुसी हुने प्रयत्न गरौं । खुसी नै सम्पत्ति हो र जीवनपनि ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी