© २०२३
दाङ, ३ चैत ।
अमेरिकाबाट नेपाल आएर दुःखमा परेका बालबालिकाको उद्धार र शिक्षादीक्षामा सहयोग गरेकी अमेरिकी नागरिक ओल्गा मुरेको ९९ औ वर्षको उमेरमा निधन भएको छ ।
बाल संरक्षण, शिक्षा, मुक्त कमलरी तथा युवा सशक्तिकरणका क्षेत्रमा कार्यरत सामाजिक अभियन्ता ओल्काको निधनमा मुक्त कमलरी बिकाश मंच केन्द्रीय कार्यालय घोराही –१७ चौघेरामा रहेको सस्थाको भबनमा श्रद्धाञ्जली सभा गरिएको छ ।
दाङ लगायत पश्चिम नेपालमा दास प्रथाको रूपमा छोरीलाई कमलरी पठाउने प्रथाको बिरोधमा नेपालमा काम गरेकी थिइन् । २०६५ सालमा दाङ आएर कमलरी उद्धारमा सहभागी भएको सम्झना गर्दै मुक्त कमलरी विकाश मंचका पुर्ब अध्यक्ष मन्जिता चौधरीले उनले देखाएको बाटोमा सधैं लागिपर्ने बताइन् ।
थारु समुदायका छोरीहरु कमलरीका रुपमा रहनुपर्ने अबस्थाको अन्त्य भएको थियोे । उनले “छोरीहरु शिक्षा चाहन्छ्न, दासता होइन“ भन्ने नारालाई अगाडि सारेकी थिइन् । उनको अभियानले सार्थकता पाएपछि दाङ, बाके, बर्दिया, कैलाली र कंचनपुरमा गरी १३ हजार बढी कमलरीलाई मुक्त गरिएको छ । मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले कार्यक्रमको सहजीकरण गरेकी थिइन । मंचका जिल्लास्तर र केन्द्रीय पदाधिकारीको उपस्थिति रहेको थियोे ।