© २०२३
बुटवल, ४ चैत ।
नेकपा एमाले रुपन्देहीले पार्टीका जिल्ला कमिटी सदस्य गोविन्द पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । आइतबार एक शोक विज्ञप्ती जारी गर्दै एमाले रुपन्देहीले पौडेलको निधनले एमाले रुपन्देही स्तव्ध भएको उल्लेख गर्दै पार्टीले एक असल र ईमान्दार संगठक गुमाउनु परेको उल्लेख गरेको छ ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा जारी शोक विज्ञप्तीमा स्वर्गीय पौडेलले विभिन्न संघ सस्थामा रहेर सफल नेतृत्व गरेको स्मरण गर्दै उहाँले पार्टी र समाजप्रति गरेको योगदान सधै चिरस्थायी रहने उल्लेख गरिएको छ । विज्ञप्तीमा यस दुःखद घडीमा स्वर्गीय पौडेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समबेदना व्यक्त गरिएको छ । स्वर्गीय पौडेल सिंगो पार्टी पंक्तिमाझ ईमान, निष्ठा र आदर्शका प्रतिमुर्ति भएको एमाले रुपन्देहीले जनाएको छ ।
केहीबर्ष यता स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउँदै आएका पौडेलको ७० वर्षको उमेरमा तिलोत्तमा नगरपालिका वडा नं ५ प्रभातपथ स्थित निवासमै निधन भएको थियो । स्वर्गीय पौडेल सिंगो पार्टी पंक्तिमाझ ईमान, निष्ठा र आदर्शका प्रतिमुर्ति हुनुहुन्थ्यो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी