© २०२३
बुटवल, ४ चैत ।
मिसन ग्रुप नेपाल तथा मिसन नेपाल महिला समूह बुटवल ११ देविनगरको आयोजनामा सम्मान कार्यक्रम शनिबार तिलोत्तमा ६ कुन्जलापुरमा सम्मन्न भएको छ ।
सम्मान कार्यक्रममा बोल्दै बुटवल–११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले संस्थाले काम गरेकालाई प्रोत्साहन र काम गर्नेलाई अगुवाई गर्ने गरेको बताए । समाजलाई अगुवाइ गर्ने र वडा भित्र मात्रै सीमित नभै सिङ्गो पालिका जिल्ला हाँक्न तयार हुनको लागि अग्रह गर्दै वडाको तर्फबाट के सहयोग आबश्यक पर्छ वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता उनले ब्यक्त गरे ।
समाज रुपान्तरण गर्न यो सस्थाले एक उदाहरणीय काम गर्नेमा आफु विश्वस्त रहेको उहाको जिकिर थियो । कार्यक्रममा बुटवल उपमहानगर पालिका ११ नम्बर वडा सचिब रामप्रसाद खनाल, हेम्मा थामी कार्यपालिका सदस्य, माया दर्नाल वडा सदस्य, नकुल शाही युव राज राना, मिसन ग्रुप नेपालका संरक्षक राजेन्द्र ढकाल, भुमलाल श्रेष्ठ, नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिननाथ भट्टराई, सस्थालाई आर्थिक तथा भौतिक रुपमा विशेष सहयोग गरेका सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
संस्थाले सन्चालन गरेको शुभदीपावलीको अबसरमा देउँसीभैलि कार्यक्रम सम्मपन्न गर्न कलाकारको भूमिकामा रही संस्थालाई सहयोग गरेका कलाकारहरुलाई सम्मान गरिएको थियो । प्रोफेस्सिओनल हप्किडो च्याम्पियन नेपालगन्ज विनर २०२४ का विजेता सुजन हिस्कि मगर र सुजन मगरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मिसन महिला समूहकी अध्यक्ष सिता भुषाल, सचिव शारदा श्रेष्ठ, कोषाध्यक्ष धन कुमारी बस्याललगायतले पनि बोलेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी