© २०२३
दाङ ,३० फागुन ।
उपचारको क्रममा बालकको मृत्यु भएपछि दाङको घोराही – १५ सडक बिभाग ओरालो नजिकै रहेको बुद्ध इनटरनेशनल हस्पिटललाई पीडीत पक्षले घेराउ गरेका छन् । राजपुर गाउँपालिका–१ पटौली नाकाका ९ वर्षीय सुरेश कुँवरको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ज्यानको बदला ज्यान लिने भन्दै तोडफोड र आक्रमणको प्रयास गरेको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरु आएर तोडफोड र आक्रमणको प्रयास गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटेको प्रहरीले टोलीले बुद्ध हस्पिटलमा कडा सुरक्षा दिएको छ ।
पीडीत पक्षले अहिले पनि हस्पिटल नजिकै नाराबाजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । सम्भावित घटना हुननदिन प्रहरीले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेपनि पीडित पक्षले अहिले राति साढे ८ बजेसम्म पनि हस्पिटल नजिकै विभिन्न चर्को नाराबाजी गरिरहेको डीएसपी मल्लले जानकारी दिए । बिहान ११ बजेदेखि हस्पिटल तनाव ग्रस्त छ ।
घाँटीको समस्या देखेर आफन्तले कुँवरलाई बुधबार बिहान अस्पतालमा पु¥याएका थिए । घाँटीको दुईतिर दाना जस्ता गोला मासुहरू देखिएपछि बालक अभिभावकसँग हिडेर अस्पताल पुगेका थिए । अस्पतालका डाक्टरले घाँटीमा पिप जमेको र सुइँबाट तान्नुपर्ने भन्दै भित्र लगेको केहि समय नबित्दै डाक्टरको लापरबाहीका कारण बालकको नाक तथा मुखबाट रगत बगेर मृत्यु भएको आफन्तले जानकारी दिए । समस्या समाधानका लागि कुनै छलफल र तयारी नभएको प्रहरीले बताएको छ । यस अघि पनि बुद्ध हस्पिटलमा एपेन्डिक्सको अप्रेसन गर्दा आन्द्रा काटिएको भन्दै आफन्तले तोडफोड र आक्रमणको प्रयास गरेका थिए ।।।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी