© २०२३
बुटवल, २७ फागुन ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न एमाले बुटवल उपमहानगर कमिटीले अभियान थालेको छ ।
पहिलो चरणमा विभिन्न सरकारी निकाय र सेवा प्रवाह गर्ने संस्थाहरुमा सुशासन कायम गर्नका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको एमालेले दोस्रो चरणमा बुटवलमा रहेका ३०० संघसंस्थालाई लक्षित गर्दै प्रशिक्षण दिएको हो ।
संघसस्थामा नेतृत्व गर्ने नेता कार्यकर्तालाई पार्टी र संघसस्थाबिचको अन्तरसम्वन्ध, सुशासन कायम गर्ने तरिका र नेतृत्वमा हुनुपर्ने गुणलगायतका विषयमा प्रशिक्षित गर्दै अभियान थालिएको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।
वित्तीय अनुशासन कसरी कायम गर्ने, भ्रष्टाचार नियन्त्रणमा संघसंस्थाहरुले कसरी प्रभावकारी काम गर्ने लगायतका विषयमा संघसंस्थाका पदाधिकारीलाई लक्षित गर्दै प्रशिशिक्षत गरिएको ज्ञवालीले बताए ।
दुई दिनसम्म चलेको प्रशिक्षणमा एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डिआर घिमिरे, लेखक माधव पौडेल, पार्टी स्कुल विभागका मुकुन्द ज्ञवाली, उदघोषक गोपाल अधिकारीलगायतले वित्तीय अनुशासन र सुशासन, संघसंस्थामा प्रभावकारी नेतृत्व स्थापित, पार्टी र संघसंस्थाबिचको अन्तरसम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व, प्रभावकारीता र कार्यकुशलता, विधिको शासन, सहभागिता, निष्पक्ष र समावेशीकरण, अनुशासन जस्ता विषयमा संघसंस्थाका प्रतिनिधिलाई प्रशिक्षण दिइएको थियो ।
सुदृढ संस्थागत सुशासनले संस्थाप्रतिको विश्वास र साख अभिवृद्धि बढाइ समग्रमा संस्थाको सफलता सुनिश्चित गर्ने भएकाले पार्टीले यस्तो अभियान चलाएको उनले बताए ।
एमाले बुटवल उपमहानगरकमिटीले बुटवल नगर कमिटीका इन्चार्ज, नगर सदस्य, वडाका पदाधिकारीलाई पनि वित्तीय अनुशासनका लागि प्रशिक्षण दिने योजना बनाएको नगर कमिटी अध्यक्ष ज्ञवालीले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी