ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

मणिमुकुन्द सेन उद्यानमा ५ सय वर्ष पूरानो शिवमन्दिर उद्घाटन

२५ फाल्गुन २०८०, शुक्रबार
२५ फाल्गुन २०८०, शुक्रबार

बुटवल, २५ फागुन ।

पर्यटकीय गन्तव्य मणिमकुन्द सेन उद्यान संरक्षण समिति परिसरमा रहेको ५ सय वर्ष पुरानो सेनकालिन शिवालय मन्दिर उद्घाटन गरिएको छ । धार्मिक महत्व बोकेको मन्दिरको पुनःनिर्माण गरी शुक्रबार महाशिवरात्रीको दिन उद्घाटन गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका सदस्य तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा पुजापाठसहित मन्दिरको उद्घाटन गरेका छन् ।

कार्यक्रममा पुर्वमन्त्री श्रेष्ठले विकास अल्पकालिन नभई दीर्घकालिन हुने बताए । विकासको पूर्णता एक सय वर्षको अन्तरमा देखिने उनले भन्दै बुटवलको विकासमा गति लिईरहेको बताए । स्थानीय पालिकाबाट २५ वर्षअघि थालेको काममा अहिले स्वरुप लिईरहेको उनले दाबी गर्दै उनले अब यो विकासको गतिलाई तिव्रताका साथ अघि बढाउनुपर्ने बताए । फुलबारीलाई अध्ययन केन्द्रको रुपमा बिकासको योजना अघि बढाउनु उनले सुझाव दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फुलबारी धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास भएको भन्दै यहाँ ५ सय वर्ष पुरानो शिवमन्दिर, मदारबाबा थान लगायतका धेरै स्थलहरु रहेको बताए । भग्नावशेष दरबारलाई पुरातत्व विभागबाट स्वीकृति लिएर रंगमहल बनाउने योजना अघि बढाएको भएपनि पूरा हुन नसकेको उनले बताए ।

कार्यक्रममा उद्यानका अध्यक्ष माधव नेपालले शिवरात्रीको महत्वबारे प्रकाश पार्दै फुलबारी परिसरमा वि.स. १५७५ सालमा सेनराजाबाट स्थापना भएको मन्दिरलाई पुर्ननिर्माण गर्न सफल भएको बताए । बुटवलको मनोरम र पर्यटकिय गन्तव्यको रुपमा चिनाउन मन्दिरको समेत महत्व रहेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय उद्यान महासंघ नेपालका अध्यक्ष खेमप्रसाद लुईटेलले देशभरका उद्यानहरुलाई विशिष्टिकृत रुपमा विकास गर्ने गरी योजना बनाएर अघि बढाउन खोजेको बताए । नेपालकै उद्यानहरुको अध्ययनमा बुटवलको उद्यान सबैभन्दा ब्यवस्थित र उत्कृष्ट रहेको दाबी गरे ।

कार्यक्रममा उद्यानका सल्लाहकार विमल बहादुर शाक्य, नेवापुच नेवा विकास परिषदका अध्यक्ष काजीमान श्रेष्ठ, महासचिव युवराज घिमिरेले बुटवलको पहिचानको रुपमा फुलबारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?