ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 
न्युज बुटवलटुडे समाचार प्रभाव :

लुम्बिनीमा हुने शिखर सम्मेलन स्थगित

२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार

बुटवल,२१ फागुन । प्रदेश सभा र सत्तारुढ दललाई समेत गुमराहमा राखेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निजी स्वार्थ र जोडबलमा यही फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना हुने तय भएको शिखर सम्मेलन स्थगित भएको छ । भोलि ११ बजे बस्ने क्याबिनेट वैठकले सम्मेलन स्थगितको औपचारिक निर्णय गर्ने स्रोतको भनाई छ ।

अमेरिकी संस्था लरिएट्स एण्ड लिडर्सको व्यवस्थापनमा हुन लागेको शिखर सम्मेलन स्थगित हुने भएको लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।

यो शिखर सम्मेलन विवादित र मुख्यमन्त्रीको स्वार्थमा हुन लागेको विषयमा पहिले न्युज बुटवलटुडेले लगातार फलोअप समाचार पस्केको थियो । सम्मेलनबारे सभामुख तुलाराम घर्ती,सत्तारुढ दलकै सांसद इन्द्रजित थारु, एमाले सांसदहरुले मुख्यमन्त्रीसंग गम्भीर प्रश्नहरु उठाएका थिए । लुम्बिनी सरकारका मन्त्रीले विविध कारणले शिखर सम्मेलन हुन नसक्ने र अहिलेलाई यो स्थगित नै हुने भयो भने ।

शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले ७ करोड १० लाख रुपैयां रुपैयाँ बजेट छुट्ट्याएको छ । सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका राष्ट्रप्रमुख, पूर्वराष्ट्रप्रमुख, नोबेल पुरस्कार विजेताहरू सहित अति विशिष्ट पाहुना लुम्बिनी आउने भनेर प्रचार गरिएको थियो । अति विशिष्ट पाहुनाको सूचीमा भारतमा निर्वासित तिब्बतका धार्मिक गुरुस् दलाई लामासमेत आउने चर्चा चलेको थियो । र उनले चीन विरुद्ध विद्रोह गरेको दिन मार्च १०देखि १२ गतेसम्म सम्मेलन हुने तय भएको थियो । तर यसबारे चीनले गम्भरि चासो राखेपछि मुख्यमन्त्री चौधरीले १० मार्चमा अतिथिहरु आउने दिन भनेर बचाउ गरेका थिए । र पछि यसबारे निरन्तर समाचार आउन थालेपछि सम्मेलनको मिति परिवर्तन गरी मार्च ११ र १२ बनाइएको थियो ।

‘लरिएट्स एण्ड लिडर्स नामक संस्थाको व्यवस्थापनमा सन् २०१६ मा भारतमा भएको पहिलो शिखर सम्मेलनमा दलाई लामा सहभागी भएका थिए ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाममा करोडौं खर्च गरेर शिखर सम्मेलन गर्न लागेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले त्यसको औचित्यमा प्रश्न उठाउँदै आएका थिए । प्रतिनिधि सभा र लुम्बिनी प्रदेश सभाको बैठकमा नेकपा एमालेका सांसदहरुले शिखर सम्मेलनको विरोध गरेका थिए ।

नेकपा माओवादी केन्द्र समेत मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शिखर सम्मेलनको तयारीको विषयमा सत्ता साझेदार दलहरुसँग समन्वय र परामर्श नगरेको भन्दै असन्तुष्ट थियो ।

सम्मेलनको प्रचारका लागि र वृत्तचित्र निर्माण गर्न भन्दै सम्मेलनको सचिवालयले टेण्डर विना आफू निकटका व्यक्ति र सीमित सञ्चार माध्यमलाई लाखौं रुपैयां बांडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?