ट्रेंडिंग:

>> दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो >> बालबालिकाका लागि खोप निःशुल्क उपलब्ध गराउन स्वास्थ्यमन्त्रीको विश्व समुदायसँग आग्रह >> दशैँ बिदापछिको पहिलो दिन शेयर बजार ३१ अङ्कले बढ्यो >> उपप्रमुख हुँदाहुदै हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी >> नीजि लगानीको नमुना अस्पताल बुटवल हस्पिटल —पुर्वमन्त्री खांण >> जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ >> विश्व हात धुने दिवस २०२४ मा सहभागी बनौं, संक्रमणबाट बचौं >> घर पालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी >> दशैको बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने >> तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> पुर्वी नवलपरासीमा ३२८ सवारी दुर्घटना ४३ जनाले ज्यान गुमाए >> भारतीय वन रक्षकको गोली प्रहारबाट नेपाली घाइते >> दाङमा पानीमा डुबेर एक जनाको मृत्यु >> महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा >> ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ >> फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने >> देशका अधिकांश भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव >> जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक >> एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण >> जुवा खेल्दै गरेका पाँच जना पक्राउ >> भारतलाई हराउदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा >> दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी >> गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै >> एक्सरसाइज क्याम्ब्रियन गश्ती २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक >> लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते >> अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा >> श्रीलंकामा चर्चित प्रकरणको पुन: छानबिन हुने >> बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस >> बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो >> भारतको राष्ट्रवादी कंग्रेस पार्टीका नेता बाबा सिद्दिकीको हत्या >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> दसैंको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम आज पनि जारी >> राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण >> प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण >> हराए तानसेनका ऐतिहासिक धरोहर  >> विजयादशमी पर्वमा मुख्यमन्त्रीको शुभकामना >> दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन : प्रधानमन्त्री >> कुन देशमा कति बजे छ विजयादशमीको साइत ? >> बडादसैँको मुख्यदिन आज, टीकाको साइत बिहान ११: ३६ बजे >> गुल्मीमा जिप दुर्घटना हुँदा १४ घाइते, तीनको अवस्था गम्भीर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड

विवादको घेरामा लुम्बिनी सम्मेलन

२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार

लुम्बिनीमा यही महिनाको अन्तिम साता गर्ने भनिएको लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन चौतर्फी विवादमा परेपछि आयोजनाको औचित्यमाथि नै प्रश्न उत्पन्न भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीवहादुर चौधरीको मुढेबलमा गर्न लागिएको सम्मेलनलाई लिएर सत्तारुढ दलभित्रैबाटै आशंका र प्रश्न उठ्नु चिन्ताको बिषय हो । मुख्यमन्त्री चौधरीले शनिबार बुटवलमा आकस्मिक र हतारमा गरेको पत्रकार सम्मेलनमा सम्मेलनको औचित्य पुष्टी गर्न खोजेपनि सम्मेलनको आयोजक संस्था र उसको भूमिकाको बिषयलाई लिएर प्रश्न उठेकोले मुख्यमन्त्रीले जति नै ढाकछोप गर्ने प्रयास गरेपनि त्यो सतहमा छताछुल्ल भैसकेको छ । सम्मेलनप्रति चासो राख्दै नेकपा एमालले यो सम्मेलन एक चीन नीतिप्रति नेपालको प्रतिवद्धता विपरित भएको भन्दै सम्मेलन रोक्न दवाव दिएको छ । प्रतिनिधि सभाको बैठकमा यो बिषयले प्रवेश पाएको छ । दलाई लामाले विद्रोह गरेको दिनको अवसरमा नेपालमा त्यो पनि लुम्बिनीमा सम्मेलन गर्नु नेपाललाई सामरिक हिसावले समेत द्वन्द्वमा धकेल्ने प्रयास भएको प्रति नेकपा एमालेको गंभीर आपत्ती छ । निश्चितरूपमा सम्मेलनप्रति धेरै क्षेत्रबाट प्रश्न उठेकोले अव सरकारले सम्मेलन रोक्नुको अर्को विकल्प छैन । सम्मेलनको समन्वयकारी भूमिकामा रहेको लौरियट्स एण्ड लिडर्स एक गैरसरकारी संस्था हो । यसको मुख्य कार्यालय भारतमा रहेको छ भने सम्पर्क कार्यालय अमेरिकामा छ । त्यसो त मुख्यमन्त्री चौधरीको दाङमा रहेको गैरसरकारी संस्था अमेरिकाबाट संरक्षित रहेको कुरा धेरै अघि नै छर्लङ्ग भैसकेको हो । अहिले मुख्यमन्त्रीले सत्ताको आडमा अमेरिकालाई त्यही गुन तिर्न नुनको सोझो गरिरहेको टिप्पणी सार्वजनिक भएको छ । भारत र अमेरिकालाई एकसाथ रिझाउने काममा मुख्यमन्त्रीको सिधा संलग्नता देखिएको मात्र छैन, सम्मेलनको बिषयलाई लिएर सत्तारुढ दलभित्रै असन्तुष्टी देखिएपछि मुख्यमन्त्री चौधरीको नियतमाथिको प्रश्नले थप बल पाउँदै गएको छ ।

यत्रो महत्वपूर्ण कार्यक्रम प्रदेश सभालाई जानकारी नगराई गर्नु मुख्यमन्त्री चौधरीको लहडी र सनकीपन हो । स्वयं लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सम्मेलनप्रति तीब्र असन्तुष्टी ब्यक्त गरेका छन् । सत्तारुढ गठबन्धनभित्र अन्तर्राष्ट्रिय चासो र महत्वको यति ठूलो कार्यक्रमका बिषयमा छलफल नै नगर्नुका पछि मुख्यमन्त्रीको नियत स्पष्ट हुन्छ । सभामुखको सम्मेलनप्रतिको टिप्पणी सरकारमाथिको असन्तुष्टीमात्रै होइन, सरकार कुन नियतबाट अघि बढ्दै छ भन्ने कुराको पछिल्लो उदाहरण पनि हो । मुख्यमन्त्रीले आफ्नो स्वार्थका नाममा सिंगो प्रदेश सरकारलाई षडयन्त्रको गोटी बनाउँदैछन् । यसको चाल पाएका केही प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्रीको नियतमाथि आशंका गर्दै प्रश्न उठाएका छन् । अर्कोतर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शनिवार लुम्बिनी आउँदा लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय स्तरको सम्मेलनका बिषयमा कुनैपनि कुरा सम्बोधन नगर्नुले सम्मेलन विवादको घेरामा छ भन्ने स्पष्ट भैसकेको छ । संघीय सरकारको सहमतिमा हुन लागेको सम्मेलनको बिषय प्रधानमन्त्रीको नोटिसमा नहुनु संयोगमात्र होइन । अतः अव मुख्यमन्त्रीले सम्मेलनको औचित्य पुष्टी गरेरमात्र पुग्दैन, यथार्थ कुरा जनतासामु राख्ने साहस देखाउनुपर्दछ । लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका राजनेता र नोबेल पुरस्कार बिजेताहरू आउनु लुम्बिनीको गरिमा बृद्धि हो तर यति पबित्र कार्यक्रममाथि मुख्यमन्त्रीले जसरी नियत साँधेका छन, त्यसप्रति चासो र चिन्ता उत्पन्न हुनु स्वाभाविक हो । सम्मेलनलाई लिएर अनेक आशंका पनि उत्पन्न भएका छन । ती गंभीर सवालमा मुख्यमन्त्री मौन किन ? ब्राण्डिङ गर्ने नाममा लुम्बिनीको पबित्र भूमि कसैको स्वार्थ पूरा गर्ने अखडा बन्नु हुँदैन । अहिले मुख्यमन्त्री यसको गोटी बनेका छन् । लाखौं शान्तिप्रेमीको आस्थाको केन्द्र लुम्बिनीलाई विदेशीको खेलौना र गोटी बनाउने काम कतैबाट नहोस् । लुम्बिनी सम्मेलनबाट आशा र अपेक्षा भन्दा पनि विवाद, आशंका र भय सिर्जना भएकोले सम्मेलनको औचित्य सावित नभए मुख्यमन्त्रीको कार्यक्षमतामाथि भोलीको दिनमा प्रश्न उठ्नु स्वाभाविक हुनेछ । त्यसो त प्रदेशसभामा विरोध हुने चाल पाए पश्चात एकाएक लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनको तेस्रो बैठकको कार्यसूचि अन्तिम अवस्थामा परिवर्तन गरी अधिवेशन स्थगित गर्नुले मुख्यमन्त्री चौधरीमाथि धेरै प्रश्न उब्जाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?