© २०२३
सुनवल, २० फागुन ।
जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले संविधानमा पुनरावलोकन नगरी मुलुकको राजनैतिक तथा आर्थिक संकट समाधान नहुने बताएका छन् । आइतबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सो पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले मुलकमा आर्थिक संकट बढ्दै गएको, राजनैतिक दल प्रति वितृष्णा बढेको बेला शीर्ष तीन दल एक हुनुको विकल्प नभएको बताए ।
‘संविधानका केही विषय संशोधन हुनु जरुरी छ, अहिले कुनै गठबन्धन फेरबदल वा सरकारको नेतृत्व परिवर्तनले यो समस्या समाधान हुन सक्दैन्, काग्रेस, माओवादी र एमाले एक ठाँउमा उभिनुपर्छ, त्रिपाठीले भने ।
त्रिपाठीले अहिले शीर्ष तीन दलका नेताहरु सहितको अनौपचारिक कार्यदल बनाएर संकट समाधानका उपायका विषयमा छलफल भईरहेको पनि जानकारी दिए । त्यसमा आफुले पनि सहजीकरण गरिरहेको त्रिपाठीको भनाई छ । आधारभुत संरचनालाई असर नपर्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन संविधानमा संशोधन गर्नुपर्ने विषयहरु, निर्वाचन प्रणाली परिमार्जन, विभिन्न आयोगहरुको प्रभावकारिता बढाउन गर्नुपर्ने सुधारका विषयमा कार्यदलले शिर्ष नेतालाई सुझाव दिने त्रिपाठीले बताए ।
त्रिपाठीले जनता प्रगतिशिल पार्टी र तमलोपाबिच सहकार्य गर्ने गरी पाँच बुँदे सहमति भएको पनि जानकारी दिए । दुबै पार्टीले नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई–मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेद अन्त्य गर्न, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनीकरण तथा कार्यान्वयन गराउने विषयमा सहकार्य गर्ने सहमति गरेको जानकारी दिए । साथै उनले दल संग पनि कार्यगत सहकार्यका लागी आह्वान गरेको र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका अन्य दलसंग पनि छलफल भईरहेको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी