ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

नवलपरासी, १९ फागुन । जिल्लाको प्रतापपुर गाउपालिका २ स्थित बाउन्नगढी क्षेत्र बौद्धकालिन भएको गाउपालिकाले जनाएको छ । प्राचीन कोलिय गणराज्य अन्तरगत नै बौद्ध कालिन प्राचीन (गजगढी) अर्थात अहिलेको बाउन्नगढी भएको बताउदै गाउपालिकाले बौद्ध स्थलको रूपमा विकास गर्ने योजना रहेको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका हुन् । प्राचीन कोलिय गणराज्य अन्तरगत ठूलो संख्यामा गज(हात्ती) सैनिक रहेको र उक्त सैनिक गढ पनि यसै क्षेत्रमा रहेको बौद्ध गन्थहरूमा उल्लेख भएको पाइन्छ । सोही गजगढी कालान्तरमा बाउन्नगढी भएको र यस क्षेत्रमा देवीदेवताको पुजा आजा समेत हुने गर्दा यहाँ बाउन्नगढी देवीको रूपमा अहिले पनि पुजापाठ हुदै आएको छ,गाउपालिका अध्यक्ष यादवले भने,तर यसको प्राचिनताको पहिचान र ऐतिहासिक खोज अनुसंधान गर्दै यसलाई वृहद लुम्बिनीक्षेत्र(ग्रेटर लुम्बिनी)सँग जोडेर विकासका लागि गाउपालिकाले योजना बनाउने छ । यो प्राचिन सम्पदा हो,उनले थपे,यसको संरक्षण बिकास,खोज अनुसंधानलाई गाउपालिकाले महत्वका साथ काम गर्नेछ ।

सिद्धार्थ गौतमको मावली राज्य कोलिय गणराज्य भएको र पछि उनी बुद्धत्व प्राप्ती पछि बुद्ध भएका थिए । गौतम बुद्ध हुनु पुर्व उनी सिद्धार्थ गौतम हुन् । सिद्धार्थ गौतमको जन्म दिईने आमा महामाया कोलिय गणराज्यकी राजकुमारी थिईन् । पछि उनको विवाह शाक्य राज्यका राजा शुद्धोधनसँग भएको थियो । उनको कोखबाट सिद्धार्थ गौतम जन्मेका थिए । जुन पछि बुद्धत्व प्राप्ती पछि संसार भर गौतम बुद्धको नामले पुजिन्छन् । बुद्धसँग यो गजगढीको पनि उत्तिकै महत्वपुर्ण घटना र सन्दर्भ जोडिएको छ । सिद्धार्थ गौतमलाई जन्म दिइने उनको आमा महामाया मात्रै कोलिय राजकुमारी होईनन्,उनको पालन गर्ने सानी आमा(मौशी) प्रजावती पनि कोलिय राजकुमारी अर्थात महामायाकी बहिनी थिईन् । सँगसँगै उनकी पत्नी(श्रीमती) यशोधरा पनि कोलिय राजकुमारी हुन् । जुन राजकुमारी यसै गजगढीबाट हात्ति सैनिक दल लिइएर शाक्य र कौशल विच युद्ध हुदा सहयोग गर्न पुगेकी थिईन् ।

तत्कालिन अवस्थामा कौशलका राजा प्रसेन जितले शाक्य राज्य कपिलबस्तु माथि आक्रमण गर्दा तत्कालिन कोलिय राजा दण्डपानीले प्रसेनजितसँग मिलेर शाक्यलाई असहयोग गर्ने षणयन्त्र बुनेका थिए । तर यो कुरा यशोधरालाई थाहा भई सकेको थियो । सो कुरा यशोधराले सिद्धार्थ गौतमलाई जानकारी गराई सकेकी थिईन् । त्यो बेला सिद्धार्थ गौतम कपिलबस्तुका युवराज घोषणा भई सकेका थिए । उनको विवाह पनि यशोधरासँग भई सकेको थियो । यशोधराको आफ्नै कोही दाजु भाई नभएका कारण उनी नै कोलिय राज्यको उत्तराधिकारीको रूपमा पनि चिन्ने गरेकी थिईन । उनका बाबु दण्डपानीले प्रसेनजितसँग आफ्नो गजसैनिक आउन नदिईने योजना अनुसार नै उनले रोहिणी नदीको पुल भत्किएको हुदा गजसैनिक युद्धमा सहभागि हुन नसक्ने झूठो कुरा शाक्य राजा शुद्धोधनसँग सुनाएका थिए ।
तर युद्धमा स्वम् यशोधराले नै गजसैनिक दल लिइएर कपिलबस्तु पुगेकी थिईन् । जुन सैनिक गणको नेतृत्व गर्दै सिद्धार्थ युद्ध स्थलमा पुगेका थिए । कौशल राज्यसँग गजसैनिक दल थिएन र त्यही गजसैनिक गणका कारण शाक्य युद्धमा सफलता हात पारेको थियो । प्रसेनजितले शाक्य र कोलिय दुबै राज्यको राजा बनाई दिइने गरि दण्डपानीलाई आश्वासन दिइएर भित्री रूपमा कोलिय र शाक्य विच भेद हालेको षणयन्त्र पनि यशोधरा,सिद्धार्थ र गजसैनिक गणका कारण असफल भएको थियो । सो इतिहाससँग यो बाउन्नगढीमा बस्ने गजसैनिकहरूको गजगढीको महत्पुर्ण इतिहास रहेको छ । यसको विकासका लागि अब गाउपालिकाले विस्तृत योजना बनाई अगाडी बढने अध्यक्ष यादवले जानकारी गराएका थिए । सो क्षेत्र प्राचीन गढी नै हुनु पर्ने पुरातत्व क्षेत्रका जानकार रामग्राम १५ ननईका स्थानिय नारद यादवले समेत बताएका छन् । उनी नै यस्तो स्थानको पहिचान गर्दा प्राचीन कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगर (पण्डितपुर) आज पहिचानमा आएको छ । जहाँ पुरातत्व विभागले खोज अनुसंधान गर्दै योजना अगाडी बढाएको छ ।

गजगढीको पहिचान पनि अहिले भएको छ,उनले भने, तर यसको लागि पुरातात्विक तथा बौद्ध इतिहासकारसँग निरन्तर खोज अनुसंधानका कार्य गराउदै अगाडी बढने अध्यक्ष यादवले बताए । प्राचीन इतिहास अनुसारको कथाबस्तुसँग मिल्ने पुर्वाधारहरूको पनि निर्माण गरिनेछ । त्यसै गरि कथाबस्तुहरू नै प्राचीन संस्कृति झल्किने झाकीहरू,संस्कृति तथा कार्यक्रमहरू बनाइने छ । यसलाई अब लुम्बिनी बौद्ध परिपथ र ग्रेटर लुम्बिनीसँग जोडेर विकास,संरक्षण र प्रवद्र्धनका कार्य अगाडी बढाउने उनले जनाए । लुम्बिनीमा सिद्धार्थ गौतम जन्मेका थिए । त्यसै गरि सिद्धार्थको जिवनसँग जोडिएको यो बाउन्नगढी अर्थात प्राचीन गजवढी पनि हो । यसलाई पनि विश्वब्यापीकरण गर्न सकिने भएकोले यो पनि एक महत्वपुर्ण पर्यटकिय गन्तब्य बन्ने आधार बनेको उनको भनाई थियो ।

प्राचीन कोलिय गणराज्य भित्र पर्ने अहिल नवलपरासी भित्र कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) र रामग्राम स्तुप रामग्राम नगरपालिकामा रहेको छ, त्यसै गरि प्राचीन नगरहरूमा सरावल गाउपालिका भित्र ककरपत्त नगर,सापुगा नगर,सज्जनेल नगर र कुण्डिय नगर पहिचानमा आएको छ । त्यसै गरि वर्दघाट नगरपालिकामा हल्लिदावसन नगर,सुनवल नगरपालिकामा उत्तरक नगर,पाल्हीनन्दन गाउपालिकामा नन्दन नगर,सुस्ता गाउपालिकामा सत्तिपठ्ठान स्थल तथा अनोमाघाट(ठाढीघाट) पहिचानसँगै अहिले प्रतापपुरमा बौद्धकालिन स्थल गजगढी पहिचानमा आउनु शुखद समाचार भएको नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यसमा सबै स्थानिय तहहरू आफै सरकार भएका कारण विकास,संरक्षण,प्रवद्र्धनका लागि योजना बनाई बढनु पर्ने आवश्यकता औल्याएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?