© २०२३
बुटवल, १६ फागुन ।
पेशागत महासंघ नेपाल रुपन्देहीले देवदह नगरपालिकामा जनप्रतिनिधिबाटै कार्यालय प्रमुखमाथि भएको हातपात, कार्यालय तोडफोड, तालाबन्दी जस्ता अमानवीय क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
लोकतान्त्रिक पद्धति अनुरुप कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्ने मुख्य दायित्व बोकेको कार्यालय प्रमुख तथा कर्मचारीमाथि स्थानीय सत्तापक्ष र प्रतिपक्ष रजनीतिक दलहरुबीचको बेमेल र मनमुटाव पोखिनु दुःखद रहेको महासंघले जनाएको छ ।
महासंघ रुपन्देहीका अध्यक्ष राजीव अर्याल र सचिव बुद्धिप्रसाद ज्ञवालीद्वारा जारी विज्ञप्तीमा दलहरुबीचको मतभेदलाई छलफल, संवाद र वार्ताबाट सहमतिमा जानु अपरिहार्य भएपनि स्वयं जनप्रतिनिधिबाटै कर्मचारीलक्षित अमर्यादित गतिविधि हुनु आफैमा लज्जाजनक र अकल्पनीय रहेको उल्लेख छ ।
राष्ट्रसेवकमाथि भएका यस्ता क्रियाकलापप्रति विज्ञप्तीमार्फत खेद प्रकट गरिएको छ । महासंघले विज्ञप्तीमा काम गर्ने सुरक्षित वातावरण निर्माण गर्न र यस्ता क्रियाकलापमा संलग्नमाथि कानुनी कारवाही गर्न माग गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी