© २०२३
भैरहवा, १३ फागुन ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले युवाहरुलाई रोक्न सरकारले बनाउने नीति र कानून मात्रै पर्याप्त नहुने धारणा राखेका छन् । उनले यसका लागि समाज र अभिभावकको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।
सन शाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीको ४२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई शनिबार भैरहवामा सम्बोधन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।
उनले भने, ‘युवाहरुलाई स्वदेशमै रोक्न सरकारले नीति तथा कानून बनाउँछ । तर, कानूनले मात्र युवा रोकिदैनन्, यसका लागि समाज र अभिभावकको भूमिका आवश्यक छ । पैसाले व्यक्तिको मूल्यांकन र तुलना गर्नुहुँदैन । अभिभावकहरुले निराशाका कुरा गर्दा त्यसले सन्तानमा पनि नकारात्मक असर पुग्छ ।’
उनले विदेश जाने मान्छे मात्र ठूलो र महान हुन्छ भन्ने जस्तो दृष्टिकोण तथा विचार बनाइएको भन्दै पैसाले व्यक्तिको तुलना र मूल्यांकन गर्न नहुने बताए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सकारात्मक सोच विश्वको लागि सबैभन्दा ठूलो चुनौति रहेको बताए । सकारात्मक सोचका साथ अघि बढे मात्र जीवनको लक्ष्य प्राप्त गर्न सकिने उनले बताए । उनले नकारात्मक सोच र परनिर्भरताबाट माथि उठ्न आग्रह गरे । लागूऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई दुव्र्यसनीबाट टाढा राख्न र समाज निर्माणमा लगाउन सरकारले जनचेतनामूलक कार्यक्रम गर्ने उनको भनाइ छ ।
मन्त्री पाण्डेयले भने, ‘हामी गौतमबुद्धको जन्मस्थल पवित्रभूमि लुम्बिनीमा छौं । भगवान बुद्धको मूल मन्त्र अप्पदिपो भवः अर्थात आफ्नो दीप आफैं बन्नुपर्छ । परनिर्भरताबाट बच्नुपर्छ । लुम्बिनी क्षेत्रका जग्गा कठ्ठा, धुर र बिगाहमा तथा यहाँको माटो टिप्पर र ट्रलीमा नभइ ग्राममा विक्री गर्न सक्छौं । एक ग्राम माटो एक डलरमा विक्री गर्न सकिन्छ । ’लुम्बिनीको विकासमार्फत मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादनको ब्राण्डिङ र बजारीकरणमार्फत दुई लाख युवाहरुलाई रोजगारी दिने नीति तथा कार्यक्रम बनाएको मन्त्री पाण्डेयले बताए । नयाँ नेपाल नभइ व्यवस्थित नेपाल बनाउनुपर्ने उनले धारणा राखे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी