© २०२३
लमही, १२ फागुन ,
नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरीय मिडिया महोत्सव आयोजना गर्ने भएको छ । महासंघ दाङ शाखाको बैठकले लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यका साथ आगामी चैत तेस्रो साता लुम्बिनी प्रदेश स्तरीय मिडिया महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।
महोत्सव सफल बनाउनका लागि नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश सरकार, स्थानीय तह, प्रेस काउन्सील नेपाल लगायत सम्बन्धित निकाय तथा संघसंस्थाहरुसँग सहकार्य गर्ने निर्णय भएको महासंघ दाङ शाखाका सचिव आर.के.शीतलले जानकारी दिए ।
बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मेट्रो कलेजले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीहरुले समाचारमूलक बुलेटीन प्रकाशन गर्दै आएकोमा विद्यार्थीहरुका लागि पत्रकारिता तालिम दिन अनुरोध भई आएकाले कलेजसँगको सहकार्यमा दुई दिने पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । त्यस्तै नेपाल पत्रकार महासंघ दाङले सञ्चालन गरेको मिडिया साक्षरता अभियानलाई जिल्लाव्यापी रुपमा विस्तार गर्ने र दाङका सञ्चारमाध्यमका समस्यालाई अध्ययन अवलोकन गरि प्रतिवेदन तयार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी