Butwal Today

मुख्यमन्त्री चौधरी र प्रधानमन्त्री भेटवार्ताः शिखर सम्मेलनका विषयमा छलफल

९ फाल्गुन २०८०, बुधबार
अ+
अ-

लमही, ९ फागुन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भएको छ ।

काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो ।

’सम्माननीय प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो, मुख्यमन्त्री चौधरीले भने, सम्मेलनको बिषयमा प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अबस्थाको बारेमा जानकारी गराएको छु । सो अबसरमा प्रधानमन्त्री लुम्बिनीको स्थानी राज्धानी क्षेत्रमा आउने विषयमा समेत छलफल भएको छ ।’ प्रधानमन्त्रीले लुम्बिनी प्रदेशको सदनमा बिशेष सम्बोधनको गर्ने विषयमा छलफल भएको मुख्यमन्त्री चौधरीले बताए । संभवतः फागुन १९ गते लुम्बिनी सदनलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्न लागेको उनले जानकारी दिए । प्रदेश सरकार र सदनको आग्रहमा प्रधानमन्त्री १९ गते सदनलाई सम्बोधन गर्न आउन लागेका हुन् । लुम्बिनीमा फागुन १८ गते देखि हिउँदे अधिबेशन सुरु हुँदै छ ।