ट्रेंडिंग:

>> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क

दुध किसानको समस्या सम्बोधन गर

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

दुधको भुक्तानी नपाएको तथा बजारीकरणमा समस्या भएको भन्दै चितवनमा किसानले सडकमा दुध पोखेका छन । चितवनकै किसानले गत बर्षमात्रै चितवनको मूख्य बजार क्षेत्र नारायणगढमा तरकारी पोखेर सांकेतिक विरोध गरेका थिए । चितवनका किसानले गरिरहेको विरोध र आन्दोलनको सुनुवाई सरकारले गरिरहेको छैन । केन्द्रीय बस टर्मिनल चोकमा दुध किसानले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरे । त्यसयता तीन दिन बितिसकेको छ । सरकारले दुध किसानले किन सडकमै दुध पोखे ? भन्ने सोध्ने काम समेत गरेको छैन । विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण सहज गर्नुपर्ने र किसानको दुधको भुक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका छन् । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको छ जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर बिक्री गर्ने गरिएको छ । चितवनको जस्तै समस्या देशका अन्य जिल्लामा पनि छ । अहिले दुग्ध विकास संस्थानले किसानको दुध खरिद गर्नै छोडेको छ । यो गंभीर समस्या हो । किसानले मेहनत गरि उत्पादन गरेको दुधको मूल्य नपाउनु, समयमै भुक्तानी नहुनु समस्या त छँदैछ, त्यसमाथि किसानको दुध खरिद नहुने अवस्था आउँदा पनि सरकार मूकदर्शक बनेको छ । चितवनका किसानले विगत एकसातादेखि जिल्लामा उत्पादित दुध बिक्री हुन नसकेको गुनासो गरेका छन । दुधको भुक्तानी नपाउँदा र दूध बिक्री नहुँदा पशुपालक किसान पलायन हुने अवस्थामा आएको छ ।

सरकारले किसानलाई विभिन्न शीर्षकमा यसअघि दिदै आएको अनुदानमा कटौती गरेर किसानलाई राहत दिनुको साटो उल्टै चोट दिने काम गरेको छ । छिमेकी देश भारत सरकारले किसानलाई पहिलो प्राथमिकता दिदै मल, सिंचाई, बीउ आदिमा ठूलो अनुदान दिने गर्दछ । तर, नेपाल सरकारले अरू निहुँ नपाएपछि किसानलाई उल्टै आहत दिने काम गरेको छ । सरकारले दुध खरिद गर्दै आएकोमा त्यो पनि बन्द गरेर आहत दिने काम गरिरहेको छ । नेपालको कूल गाहस्थ्र्य उत्पादनमा करिव २५ प्रतिशत योगदान कृषि क्षेत्रको छ । अर्थात नेपालको अर्थतन्त्रको एक चौथाई हिस्सा कृषि क्षेत्रले धानेको छ । तर, सरकार यो तथ्यमाथि खेलवाड गरेर किसानलाई डुवाउने प्रयासमा लागेको छ । किसानलाई राहतमात्र होईन विभिन्न आकर्षक कार्यक्रम र प्याकेज दिएर कृषिमा जोड्नुपर्नेमा उल्टो बिमुख बनाउने प्रयास गरेको छ । यो कदापि राम्रो होइन । सरकारको कदमको देशब्यापी विरोध भएको छ । सरकारको किसानमाथि थोरैपनि सहानुभूति छ भने दुध किसानको समस्या तत्काल समाधान गरोस् । अहिले देशैभरीका हजारौं दुग्ध किसान पीडामा बाँच्नुपरेको छ । दुध खरिद गर्ने वातावरण तत्काल मिलाउन र रोकिएको दुधको भुक्तानी तत्काल गर्नेतर्फ नेपाल सरकारको ध्यान जाओस् । सरकारको यही रवैया हुने हो भने कृषि क्षेत्रको विकास हुनै सक्दैन । कृषि क्षेत्रको विकास नभई देशको अर्थतन्त्र बलियो हुँदैन । तर, सरकार यो तथ्यमाथि पूरै बहिरो बनेको छ । नेपालमा अहिलेपनि करिव ६६ प्रतिशत भन्दा बढि जनसंख्या कृषि पेशामा आवद्ध रहेका छन । तसर्थ सरकार किसानका समस्याप्रति गंभीर बनोस् । पछिल्लोपटक देखिएको दुधको समस्या सम्वोधनमा अबिलम्ब ध्यान जाओस् । होइन भने कृषि क्षेत्रको ओरालो यात्राले देशको अर्थतन्त्र समेत कमजोर बनाउनेछ । तसर्थ सरकारले कृषि क्षेत्रको समस्या सम्बोधनमा ढिलाई नगरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?