ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

राससले सबैको बिश्वास लियर अगाडि बढ्नुपर्छ , मन्त्री मास्की 

७ फाल्गुन २०८०, सोमबार
७ फाल्गुन २०८०, सोमबार

दाङ,७ फागुन ।

राससले सबैको बिश्वास लियर अगाडि बढ्नुपर्ने लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्कीले बताएका छन । राष्ट्रिय समाचार समिति ( रासस) को ६३ औ स्थापना दिवसका अबसरमा दाङको तुलसीपुरमा आयोजना गरिएको जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले यस्तो धारण राखेका हुन् ।

मन्त्री मास्कीले सरकार र जनताको पुलको काम पत्रकारले गर्ने बताए । उनले राससको सेवालाई गाउँ गाउँमा लैजान र सबैको बिश्वास लियर अगाडि बढन आग्रह गरे । जिल्ला सम्बादाताले उल्लेख्य काम गरेकोमा प्रसंशा गरे । प्रदेश सरकारले गर्नुपर्ने सहयोग सधैं रहने प्रतिबद्धता समेत जनाएका छन् । राससको लुम्बिनी प्रदेशको कार्यालय दाङमा स्थापना गर्नका लागि सकारात्मक पहल गर्ने मन्त्री मास्कीले बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले रासस समयमानुकुल अग्रणी सस्था भएको बताए । राससले सेवाहरु थप्दै लगेको र कार्यरत संचारकर्मीलाइ पनि क्षमताबान बनाउदै लैजानुपर्ने बताए । खोज र अनुसन्धान मुलक पत्रकारिता अहिलेको आवस्यकता रहेको बताए । पत्रकारले पेशागत मूल्य र मान्यतालाई कायम राख्नुपर्ने उनको जोड थियोे ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले मिडिया साक्षरताको विषयमा दाङमा बहस भइरहेको बताए । क्यामरा र बुम बोक्दैमा कोही पत्रकार नहुने भन्दै उनले सचेत नागरिकले सही गतल छुट्टाउन आवस्यक रहेको बताए । नागरिकले कस्तो सूचना प्रयोग गर्ने र कस्तो सूचना प्रयोग नगर्ने भन्ने विषयमा चनाखो हुनुपर्ने बताए ।

पत्रकार महासंघका दाङका निबर्तमान अध्यक्ष सुदिप गौतमले राससले जनताको प्रतिनिधित्व गरेको र तथ्यमा आधारित समाचार प्रशारण हुने बताए । पछिल्लो समय जिल्ला सम्बादाताका कारण गाउँघरका कुरा र काम मुलधारका संचार सस्थामा आउने गरेको बताए ।

तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुरको एरपोर्टका बारेमा सबैले कलम चलाउन आग्रह गरे । राम्रो कामको लागि राम्रो र नराम्रोको लागि पनि केही डर नमानी कलम चलाउन आग्रह गरे।

तुलसीपुर उपमहानगरपालिका -१२ का अध्यक्ष खुशीराम चौधरीले पछिल्लो चरणमा राम्रा विषयमा प्रसंसा गर्ने बानी नभएकोले सबैले सही र तथ्य कुराको प्रससा गर्नुपर्ने बताए । राससमा प्रकाशन भएका सामाग्री किसान मजदुरको भासा बोल्नुपर्ने बताए ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले मिडिया खोल्नु भन्दा पहिले संचालकले राम्रोसँग सोचेर बिचार गरेरमात्र खोल्न आग्रह गरे । प्रेस युनियनका केन्द्रीय उपमहासचिब सुलोचना गौतम, युबा महिला उद्यमी सपना बस्नेत ,ज्येष्ठ नागरिक सरोकार केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी , राप्तीमा मानव सेवा आश्रय तुलसीपुरका प्रमुख हिरु जोसी,तुलसीपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष डिल्ली बहादुर बस्नेत ,प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जालगायतले शुभकामना दिएका थिए । रासस दाङ प्रमुख नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दिपक बोहराले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?