© २०२३
भैरहवा, ७ फागुन ।
प्रजातन्त्र दिवसका अवसरमा रुपन्देही जिल्लाको वडा नं २ मा अवस्थीत मेउडिहवा प्रहरी चौकीमा नेपालको राष्ट्रिय झण्डात्तोलन कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकीमाथि झण्डा फहराउँदै रुपन्देही जिल्लाका निमित्त कार्यालय प्रमुख मनोहर प्रसाद भट्टले सहिदहरुको योगदानकै कारण देश यो स्थान सम्म आएको बताउँदै प्रजातन्त्रले जनतालाई आफ्नो निर्णय स्वतन्त्रताको अधिकार प्रदान गरेको बताएका थिए ।
कार्यक्रममा वडा नं २ वडा अध्यक्ष छेदीलाल श्रीवास्तवले छोटो समयमा प्रहरी चौकी जनताप्रति उत्तदरदायी र जवाफदेही भएको जनताको काममा अझ बढी उत्तरदायी बनेको बताए ।
त्यस अवसरमा प्रहरी चौकी मिउडिहवा रुपन्देहीका प्रहरी सहायक निरिक्षक राज कुमार खत्री, वडा नं १ का वडा अध्यक्ष उज्जवल पोख्रेल, वडा नं १० का वडा अध्यक्ष दिलिप कुमार यादव, शसस्त्र प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता मोहन न्यौपाने, जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख बजिरसिंह बिष्ट, समाजसेवी इ रबि कुमार रौनियार लगायतले मन्तब्य राखेका थिए ।