दाङको घोराही–तुलसीपुर र घोराही–भालुवाङ सडक खण्डमा टाइम कार्ड लागु हुने भएको छ । १४ फागुन देखि टाइमकार्ड लागु हुने गरि छलफल भएको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको अध्यक्षतामा आइतबार भएको यातायात व्यवसायी र सरोकारवालाहरुको बैठकले यातायात व्यवस्थापनलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन टाइम कार्ड लागु गर्ने तयारी भएको प्रजिअ सुबेदीले बताए ।
त्यसका लागि यही फागुन १३ गत पुनः सरोकारवालाहरुसंग बैठक बस्ने निर्णय भएको बताइएको छ ।।