© २०२३
रुपन्देही, ६ फागुन ।
प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएशन नेपाल पिन गुल्मी जिल्ला दोश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
दोश्रो अधिवेशनले इ राजेन्द्र गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति घोषणा गरेको छ । जसको उपाध्यक्षमा निरन पछाई, सचिवमा दिपेन्द्र पुलामी मगर, सह सचिवमा पुष्कर खनाल, कोषाध्यक्षमा शुसिल पन्थी, सदस्यहरुमा मोहन अर्याल, शिव बस्नेत, सौरभ ढकाल, इश्वरी न्यौपाने, पवन हितान रहेका छन् ।
कार्यक्रममा ईञ्जिनियर सुर्य प्रसाद भण्डारी, पिन केन्द्रीय सचिवालय सदस्य ई जीवन अर्याल, नेकपा एमाले गुल्मी जिल्लाका अध्यक्ष बाल सिंह काउछा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।