© २०२३
बुटवललाई बिचमा पारेर बगिरहेको तिनाउ नदी रूपन्देही जिल्लाकै लागि बरदान हो । ठूला शहरको किनारमा नदी आफैमा गौरव हो । तिनाउ नदीले बुटवललाई यही गौरवबोध गराएको छ । विश्वकै ऐतिहासिक तथा पुराना शहरमा नदीको कलकल शहरी सभ्यताको परिचायक हो । अर्थात जहाँ ठूला र ऐतिहासिक शहर छन, त्यहाँ अवश्य नदी बग्छ । बुटवलको तिनाउ नदीले शहरी सभ्यताको पहिचान दिएको छ । यो बुटवलका लागि गौरव हो । नदीको संरक्षणमा चासो दिएको अवस्थामा तिनाउ नदी विगत र वर्तमान त हुँदै हो । र, भविष्यको पुस्ताका लागि पनि तिनाउ नदी गौरव गर्न लायक हुनेछ । तर, यसको संरक्षणमा लापरवाही हुने हो भने तिनाउ अभिषाप बन्न सक्छ । यसतर्फ सम्वन्धित निकायले ध्यान पु¥याउनु जरुरी छ । तिनाउकै पानीले रूपन्देहीका हजारौं विगाहा खेत सिञ्चित भैरहेको छ । तिनाउ हजारौं किसानको भविष्यसंग जोडिएको छ । तिनाउकै पानीले सिंचाई हुँदा किसानको उत्पादनमा बृद्धि भएको छ र त्यसले आर्थिक उन्नतीको पाटोलाई सुदृढ बनाएको छ । किसानलाई आत्मनिर्भर हुन तिनाउकै पानीले बल पु¥याएको छ तर आज चिन्ताको कुरा छ– तिनाउ संरक्षणमा बेवास्ता भैरहेको छ । तिनाउको तल्लो तटीय क्षेत्रदेखि माथिल्लो तटीय क्षेत्र अवैध दोहनको शिकार भैरहेको छ । तिनाउमा फोहर र प्रदुषण छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । विगतमा यही तिनाउ बुटवलका साथै रूपन्देहीकै लागि अभिषाप पनि बनेको कुरा विर्सन सकिदैन । २०३८ साल असोज १३ गते आएको बाढीले दर्जनौ बुटवलबासीलाई बगाएको थियो । कैयौं घर बाढीमा परेका थिए । तसर्थ बर्षामा यसले पु¥याउने जोखिममा ध्यान पुयाउनु जरुरी छ । अर्को अर्थमा भन्दा तिनाउ रूपन्देहीका लागि बरदान पनि हो र अभिषाप पनि । संरक्षण गर्न सके यो बरदान हो र बेवास्ता गरिए अभिषाप ।
पछिल्लोसमय तिनाउ नदी विस्तारै सुक्दै गएको छ । तिनाउको शिरको संरक्षण हुन नसक्ने हो भने तिनाउ अव सुक्दै जाने निश्चित छ । त्यसो त तिनाउ सुक्ुनुका पछि धेरै कारण होलान । जलवायु परिवर्तनको असर त छँदैछ, वन जंगलको विनास अर्को कारण हुनसक्छ । मुहान संरक्षणमा वेवास्ताका कारण पनि हुनसक्छ । तिनाउमा पहिलेजस्तो पानी बग्न छोडेको छ । यसले बुटवलका साथै समग्र रूपन्देहीलाई चिन्तित वनाउनु स्वाभाविक छ । यो असाध्य दुखद खबर नबनोस । त्यसका लागि अहिलेदेखि नै सम्वन्धित सरोकारवालाले तिनाउ संरक्षणको पहलमा कत्तै ढिलाई वा बिलम्ब गरिनु हुँदैन । तिनाउ नदी धार्मिक सभ्यतासंग पनि जोडिएको छ । तिनाउकै किनार सहस्रधारामा ऐतिहासिक मेला हुन्थ्यो । त्यो मेला अहिले लोप भैसकेको छ । इतिहासमा तिलोत्तमा नदीको बिषयमा समेत उल्लेख गरिएको छ । तिलोत्तमा नदीलाई पवित्र नदीको रूपमा ब्याख्या गरिएको छ । पछिल्लोसमय तिनाउ नदीको किनार फोहरले भरिएको छ । पछिल्लोसमय बढिरहेको अव्यवस्थित शहरीकरण नै तिनाउ प्रदूषणको मुख्य कारक हो । तिनाउ नदी किनारमा फोहर फाल्दा तिनाउ दुर्गन्धित पनि भएको छ । तिनाउ नदीको प्रदुषण नियन्त्रणमा अहिलेदेखि नै ध्यान दिनु जरुरी छ । तिनाउको धार्मिक, वातावरणीय तथा नदी सभ्यताको जगेर्नाका निम्ति तिनाउमा स्वच्छ जल प्रवाहको कल्पना गर्नु अव सायद संभव छैन तर प्रयास गरिए संभव छ । उदाहरण काठमाडौंको बागमती नदीको संरक्षणको प्रयास काफी छ । तसर्थ तिनाउ संरक्षणमा असम्भव केही छैन । अव ढिलाई नगरि तिनाउ सभ्यता संरक्षणको अभियान चलाउन जरुरी छ । तिनाउको स्वच्छ तथा सुरम्य वातावरण कायम गर्न सबैको प्रयास आवश्यक छ । अवको दिनमा तिनाउ सुक्न नदिने गरि तिनाउ मुहानको संरक्षणमात्र होइन, नदीलाई स्वच्छ राख्न र फोहोर हुनबाट जोगाउनु आवश्यक छ । अनि मात्र नदी सभ्यताको जगेर्ना हुन्छ । यसतर्फ सरकारमात्रै होइन, स्थानीय सरकार र स्वयं बुटवलबासीको ध्यान जाओस् ।