© २०२३
बुटवल, २४ माघ । नवलपरासीको कुडिया सुस्ता गाउपालिकामा रहेको एनएमबी बैंकको शाखा कार्यालयले पालिकाका ५ विद्यालयलाइ वाटर डिस्पेन्सर सहयोग हस्तान्तरण गरेको छ । एक कार्यक्रममा बिच सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय, एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली, सुस्ता गाउपालिकाका उपाध्यक्ष गिता चौधरीले विद्यालयका प्रधानाध्यापकहरुलाई सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायले जनतालाइ उत्कृष्ट बैकिङ्ग सेवासगै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा बैकबाट सहयोग गर्दै आइरहेको बताए । विद्यालयहरुलाइ शुद्ध पिउने पानीको लागी वाटर डिस्पेन्सर हस्तान्तरण गरेर सहानिय कार्य गरेको भन्दै आगामी दिनमा थप सहयोगको लागि आग्रह गरे ।
कार्यक्रममा एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले सुस्ता गाउपालिकाका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको स्वास्थ्यलाइ ध्यानमा राखी स्वच्छ पिउनेपानी उपलब्ध गराउने उदेश्यका साथ वाटर डिस्पेन्सर हस्तान्तरण गरेको बताए । बिगतदेखि सामाजिक उत्तरदायित्व अन्तरगत एनएमबि बैंकले समयसमयमा विभित्र ठाउँमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको बताउदै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाइ अगाडि बढाइने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सुस्ता गाउपालिकाका उपाध्यक्ष गिता चौधरी, प्रमुख प्रसासकिय अधिकृत हुमलाल भुसालले बैकबाट विगतमा समेत कम्प्युटर र प्रिन्टर जस्ता प्रविधिको सहयोग गरेको स्मरण गर्दै उद्यम र व्यावसाय कर्जा थप सहजीकरण गर्न सुझाव दिए ।
कार्यक्रममा महेन्द्र मावि कुडिया सुस्ताका प्राचार्य सुनिल पन्थी, राष्ट्रिय मावि छिवनी सुस्ताका प्राचार्य अर्जुन प्रसाद पाण्डे, सहिद बिष्णु पाण्डे स्मृति आधारभुत विद्यालय सुस्ताका प्राचार्य कमलेश गुप्ता, दिपक मावि पक्लिहवा सुस्ताका प्राचार्य सन्तोष कुमार उपाध्याय र विपि मावि बलिनगर पक्लिहवा सुस्ताका प्राचार्य योगेश चौधरीले आवश्यकता अनुसार महत्वपूर्ण सहयोग उपलब्ध भएको बताए । वाटर डिस्पेसरबाट विद्यालयमा अध्ययनरत करिव ३ हजार ५ सय विद्यार्थीहरु लाभान्वित हुने एनएमबि बैंक कुडिया सुस्ता शाखा प्रबन्धक कुलप्रसाद गौतमले बताए ।