ट्रेंडिंग:

>> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा

कुष्ठरोगीलाई हेय होइन सम्मानको खाँचो

१४ माघ २०८०, आईतवार
१४ माघ २०८०, आईतवार

कुष्ठरोगलाई परास्त गरौं भन्ने नाराका साथ विश्व कुष्ठ रोग दिवस आज आईतवार नेपालमा पनि विविध कार्यक्रम गरि मनाईदैछ । कुष्ठरोगीसँग भेदभाव नगरौँ, ‘कुष्ठरोगीलाई माया गरौँ, कुष्ठरोगीप्रति हुने भेदभाव अन्त्य गरौँ भन्ने नारा बर्षौदेखि सुन्दै आएका छौं तर कुष्ठ रोगीप्रति अहिलेपनि हेयको दृष्टिले हेर्ने परम्परा कायमै छ । यो बर्षको कुष्ठ रोग दिवसको नाराले नै धेरै कुरा सम्वोधन गरेको छ । वास्तवमा अव कुष्ठरोगलाई परास्त गर्नैपर्नेछ । दिवसका अवसरमा आयोजना हुने कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ । नेपालबाट कुष्ठ रोग नियन्त्रण हुँदै गएको भनिएपनि छिटफुटरूपमा देखापर्नु चुनौतिकै विषय हो । पुर्खौदेखि चलिआएको यो रोगले नेपाली समाजलाई नराम्रोसंग जरा गाडेको छ । सामाजिक कुरीति र मान्यताहरूका कारण अझैपनि कुष्ठ रोगीहरूलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । त्यही कारण कुष्ठ रोगीहरू समाजमा अन्तरघुलित हुन सकिरहेका छैनन । उनीहरूलाई मानसिक रूपमै समाजबाट टाढा राखिएको छ । रूपन्देहीमा कुष्ठरोगीहरूको संख्या अझैपनि बढेको छ । सरकारले कुष्ठ रोग नियन्त्रणमा आएको बताइएपनि यसको नियन्त्रण हुन सकेको छैन । यही रूपन्देहीमा समेत कुष्ठरोगीहरू वर्षेनी बढिरहेका छन । जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार जिल्लामा बर्षेनी कुष्ठरोगी फेला पर्नेक्रम रोकिएको छैन । कुष्ठ रोगको संख्या बढिरहेकोले सरकारले लिएको लक्ष्य भेटाउन समेत जटिल रहेको चिकित्सकहरू नै बताउँछन । कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो रोगविरुद्ध दिवस मनाउन थालिएको थियो । यो एक प्रकारको जीर्ण संक्रमण हो ।

यो रोग ‘माइकोब्याक्टेरियम लेप्रे’ र ‘माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस’ जीवाणु ‘ब्याक्टेरिया’ को संक्रमणको कारणले लाग्छ । संक्रमणको सुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरूले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा विरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ । तसर्थ कुष्ठरोगलाई सामान्य रोग भनेर हेलचेक्र्याई गरिनुहुँदैन । नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसकेपनि यस प्रकारका रोगको लक्षण देखिएका मानिसहरूले सामाजिक तथा पारिवारिक ग्लानी महसुस गरी उपचार प्रक्रियामा सहभागी नभएका उदाहरणहरू प्रशस्तै भेटिन्छन् । त्यही भएर बेला–बेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरू देखापर्दै आइरहेको पाइन्छ । मानिसमा उपचार गरे निको हुन्छ भन्ने विश्वास दिलाउन अझ प्रभावकारी अभियानहरू संचालन गर्नु आवश्यक देखिन्छ । त्यसो त सरकारले नेपालबाट कुष्ठ रोग निवारण भएको घोषणा गरिसकेको छ । प्रति १० हजारमा एकजनामा कुष्ठ रोग भेटिएपछि सरकारले यसको निवारण भएको घोषणा गरेको थियो । आजभन्दा १४ वर्ष अघि २०६६ सालमै घोषणा गरेको थियो तर बिडम्वना नेपालमा कुष्ठ रोगीहरू फेला पर्ने क्रम रोकिएको छैन बरु बढ्दै गएको देखिएको छ । कुष्ठ रोगको चुनौति कायमै भएपछि यसको नियन्त्रणमा अव सशक्त ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको छ ।

१४ वर्ष अघि नै निवारण भएको घोषणा गरिएको यो रोग अझै कायमै रहनुमा सरकारको गंभीर लापरवाही हो भन्दा अत्युक्ति नहोला । निवारण भनिएपछि यसको नियन्त्रणमा खासै चासो नदिइएको साँचो हो । त्यसकारण पनि यो रोगले विस्तारै आकार लिदै गएको छ । यस विषयमा सम्वद्ध स्वास्थ्यकर्मीहरूको ध्यान जानुपर्ने जरुरी देखिएको छ । कुष्ठ रोगबाट प्रभावितहरू समाजमा घुल्नै सकिरहेका छैनन् । कुष्ठ रोगी भनेपछि अघिल्लो जुनीको पाप ठान्ने मानसिकता हाम्रो समाजमा अझैपनि कायमै छ । कुष्ठ रोगीहरूलाई हेय दृष्टिले हुर्ने मानसिकतामा परिवर्तन नहुँदा यो रोगको समस्या भन्दा पनि रोगले निम्त्याएको दुर्भावना र अवहेलना झनै भयानक छ । त्यसकारण यो रोगको नियन्त्रणसंगै सामाजिक दृष्टिकोण परिवर्तनका लागि सचेत हुने बेला आईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?