ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

राष्ट्रको गौरव बन्दै पृथ्वी जयन्ती

२७ पुष २०८०, शुक्रबार
२७ पुष २०८०, शुक्रबार

आज पुस २७ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन । तत्कालीन भुरे टाकुरे राज्यलाई एकीकरण गरी एउटै मालामा उनेर नेपाल राष्ट्र निर्माणमा उनले गरेको योगदान अतुलनीय छ । त्यही एकीकरण अभियानकै कारण आज हामीले नेपाली भनी गर्व गर्ने मौका पाएका छौँ । उनले एकीकरण नगरेको भए आजको नेपाल यो अवस्थामा हुन्थ्यो कि कुनै अर्को देशको प्रान्त बन्थ्यो भन्ने अनुमान र आशंकाकै कुरा हो । राजा पृथ्वीनारायणका उत्तराधिकारीहरूले उनकै तहको काम गर्न नसकेका साक्षी इतिहास छ । उनीपछि केही समय राज्य विस्तारको काम भए पनि नेपालको अहिलेको स्थिति सुगौली सन्धिपछि तय भएको हो । राज्य एकीकरणका हिसाबले पृथ्वीनारायणको कदमलाई अहिले आएर कम आँक्नु हुँदैन । त्यतिमात्र होइन, उनका विरुद्ध अहिले हुने टिकाटिप्पणीले केही व्यक्तिलाई आत्मतुष्टि भए पनि यथार्थमा त्यसले मुलुकको सेवा गर्दैन । अझ पृथ्वीनारायणपछिका राजाले गरेको कामका आधारमा उनको मूल्यांकन गर्नु पनि उचित होइन । त्यसैले राष्ट्रनिर्माताले गरेको ऐतिहासिक बहादुरी र कर्मकै आधारमा आज हामीले नेपाल राष्ट्रका रूपमा गर्व गर्न पाएका छौं । राजा पृथ्वीनारायण शाहले गरेको योगदान आजसम्म चीरस्थायी छ । यसलाई अझै चीरकालसम्म बढाउँदै लैजानुपर्दछ । पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मुलुकले बर्षौदेखि मनाउँदै आएको छ । यसको थालनी जहिले सुरु भएको भएपनि यसको निरन्तरता अपरिहार्य छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए निश्चितरूपमा नेपाल राज्यको अस्तित्व हुने थिएन । यो सबैले स्वीकार गरेको तथ्य हो । तत्कालीन समयमा पृथ्वीनारायण शाहले साम, दाम, दण्ड, भेद प्रयोग नगरेको भए एकीकरण अभियान सफल हुने थिएन । एकीकरण सफल नभएको भए त्यतिबेला आफ्नो प्रभाव विस्तार गरिरहेका साम्राज्यवादी शक्तिहरूको आँखा स्वाभाविकरूपमा यो सुन्दर नेपालमा पर्ने कुरामा दुईमत थिएन । त्यो अवस्थामा साम्राज्यबादी अंग्रेजबाट मुलुकलाई मुक्त गर्नु सजिलो हुने थिएन । तसर्थ पृथ्वीनारायण शाहले समयमै मुलुकको एकीकरण गरेर नेपालको अस्तित्व कायम गराउनु भएको हो । तसर्थ पृथ्वीनारायण शाहलाई आज हामी सवै नेपालीहरूले राष्ट्रनिर्माताको संज्ञा दिने गरिएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर आजको नेपाल वनाउन योगदानमात्रै दिएनन, उनले आफ्नो जीवनको अन्तिम अवस्थातिर दिएको ‘दिव्योपदेश’ को सन्देश आजका दिनमा पनि उत्तिकै सान्दर्भिक रहेको छ । दिव्योपदेश मुलुकको कूटनीतिको दिशा तय गर्ने आधारका रूपमा रहेको छ । उनले त्यही बेला भनेको नेपाल ‘दुई ढुंगाबीचको तरुल’ हो भन्ने कुरा आजका दिनमा पनि उत्तिकै सान्दर्भिक छ । यतिबेला चीन र भारत जस्ता दुई ठूला मुलुकको बीचमा रहेको नेपालले अपनाउनुपर्ने रणनीतिक चातुर्यका निमित्त दिव्योपदेश आफैमा मार्गदर्शक रहेको छ । मुलुकमा यतिबेला विभिन्न जातजाति, धर्म, संस्कृतिले आफ्ना विशेष पर्वका निम्ति बिदा पाउने व्यवस्था छ । पछिल्लो केही वर्षयता उनीप्रतिको अगाध आस्था, प्रेम र स्वीकारोक्ति बढ्दो छ । केही व्यक्ति र समूहले उनका विरुद्धमा अभियान चलाइरहेका पनि छन् । अहिलेको परिस्थितिका आधारमा पृथ्वीनारायणलाई मूल्यांकन गरेर उनको एकीकरण अभियानलाई कम आँक्नु उचित होइन । सरकारले गत बर्षदेखि पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदा दिन सुरु गरेको छ । यो हामी सवै नेपालीका लागि गौरवको बिषय हो । मुलुकमा धेरै बिदा भए भन्ने प्रश्न उठिरहेका बेला अरू बिदा काटेर भएपनि यो बिदालाई जीवन्त वनाउनुपर्दछ । जेहोस ढिलै भएपनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान भएको छ । पछिल्लोसमय पृथ्वीनारायण शाहप्रति आम जनताको चासो र श्रद्धा बढ्दै गएको छ । त्यो श्रद्धाप्रति उनले गरेको कामको प्रतिविम्व झल्किन्छ । पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता, युगपुरुष, राष्ट्रभक्त र सर्वोपरि रूपमा आधुनिक नेपालका निर्माता हुन भन्दा अत्युक्ति हुँँदैन । इतिहास मेटेर मेटिदैन । उनको योगदानको अवमूल्यन गर्ने काम भएपनि, उनलाई घृणाको दृष्टि लगाएपनि पुस्तौंपुस्तासम्म उनको योगदान यो देशले बिर्सन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?