© २०२३
मुलुक संघीयतामा गएको एक दशक हुन लाग्दा पार्टीहरूले बल्ल दलभित्रका बिभिन्न तहको भेला र सम्मेलनको अभ्यास गर्दैछन । मुलुकको ठूलो पाटी भनेर चिनिएको नेपाली कांग्रेसले यही मंसिर १६ र १७ मा लुम्बिनी प्रदेशको सम्मेलन बुटवलमा गरेको छ । पहिलोपटक प्रदेश सम्मेलन गर्न पुगेको लुम्बिनी प्रदेश सम्मेलनमा बांँकी छ वटै प्रदेशका प्रदेश अध्यक्षको उपस्थिति रहेको थियो । त्यतिमात्रै होइन केन्द्रका नेताको त लस्कर नै रहेको सम्मेलनमा केन्द्रिय अध्यक्ष प्रमुख अतिथी रहेकोमा दुईवटा महामन्त्रीदेखि सहमहामन्त्री लगायत जन्तीकै रूपमा मन्च भरिएको थियो । पहिलो अभ्यास गरिरहेका प्रदेश आयोजकले अतिथी सत्कारमा महिलाको राम्रै उपस्थिती गराएका थिए । मुलुक यतिखेर संकटकालको अवस्थामा छ । जनता पार्टीहरूदेखि वाक्क छन । दल भनेका जुन जोगी आएपनि कानै चिरेको भन्न थालेका छन । हो जुनै दलले भेला सम्मेलन राखेपनि नेताहरूको भिडनै देखिन्छ । तर, सर्बसाधारण जनता भने नेतृत्व सम्हालेका कुनै दलसंँग सन्तुष्ट छैनन् । ब्यापार ब्यवसाय चौपट छ । बैंक ब्याज तिर्न नसकी जनता रन्थनिएका छन । भेला सम्मेलनमा जनताको मन छुने र पिडा बुझ्ने कुन नेता भेटिएला भन्दै सच्चा र इमान्दार नेताको खोजीमा छन । यस्तो बेला कांग्रेसको प्रदेश सम्मेलनबाट केही हुन्छ कि भन्ने आशा जनमानसमा थियो तर खासै कुरो आउन नसकेको गुनासो धेरैले गरेका छन । कुनैपनि दलमा सबैखाले मानिस हुन्छन, ती मध्येमा जनताको कथा ब्यथा बुझ्ने निस्वार्थ भावले जनताको काम गरौं भन्ने पनि केही नेता छन । तर, बिडम्बना गर्न खोज्नेहरू अल्पमतमा छन जसका कारण काम हुन नसकेको यस्ता भेलामा बोल्दै गरेका नेताबाट थाहा पाउन सकिन्छ ।
दुई दिन चलेको सम्मेलनमा पहिलो दिन नै अतिथीहरूले धेरै कुरा गरेका थिए । उदघाटन समारोहमा दर्जनौं नेता बोल्दै गर्दा सबैभन्दा बढी तालीको गडगडाहट केन्द्रिय नेता चन्द्र भण्डारीको थियो भने मन छुने कुरा, गुनासो, आत्मआलोचना र जनतालाई चाहेर पनि दुःखमा मलमपट्टी लगाउन नसकेका पीडा महामन्त्री गगन थापाका थिए । यही हो कि राम्रा कामहरू गर्न बाधक नीति नियमदेखि परम्परा पनि रहेको जगजाहेरै छ । अर्को कुरा लौरो टेकेर तिर्थ बर्त हिँंडने उमेरका नेताहरूले बिश्राम नलिनुु रहेको छ । मुलुक कम्प्युटर युगमा गैसक्यो । नयाँ नयाँ प्रविधीले बिश्व मुठीमा अटाएको छ । प्रविधीको विकाससंगै मुलुकले काम गर्ने नेता खोजेको छ । अबको युगमा पुरानो पाराले चल्नेवाला छैन । मुलुकका युवायुवती आफ्नो भविष्य खोज्न प्रदेशिनु परेको छ । युवा शक्ति प्रदेशिएको छ । बुढाखाडाबाट मुलुकको बिकास कसरी हुनसक्छ ? पार्टीहरू सबै पुरानै ढर्राले चलिरहेका छन । पार्टीको कुन पदमा बस्ने, कुन ठाउंँमा चुनाव लडने, स्थानीय तह, प्रदेश, प्रतिनिधि सभाका टिकट दर केन्द्रदेखि नै कायम गरिन्छ । टिकट किन्नेदेखि चुनाव लडनसम्म पैसाको खोलो बगाउनु पर्छ । यसरी पैसा खर्चेर जाने प्रतिनिधिले कस्तो काम गर्ला ? सबैले बुझनुपर्ने यहींँ छ । हरेक क्षेत्रमा भ्रष्टाचार छ । खर्च गरेर जनप्रतिनिधी बनेका, घुस खुवाएर जागिर खाएका यी सबै खर्च उठाउने र कमाउने धन्दामा लागेका छन । हरेक पार्टीमा गुट छ । गुटका आधारमा भागबण्डा हुन्छ । भागबण्डाको टिकट पैसाको मोलमोलाइमा बिक्री हुन्छ । कि त बडे नेताको नातेदार वा स्वार्थ जोडिएको मानिस हुनुपर्छ । वडा तहसम्मको टिकट माग्न पनि केन्द्र धाउने परम्परा छ । स्थानीय स्तरमा जनताको काम गरेको धेरैले रुचाएको पपुलर मानिसलाई पाखा पारिएको छ र उसले टिकट पाउंँदैन । जसले पैसा खर्च गर्छ उसले मात्र टिकट खरीद गर्छ र चुनावी मैदानमा पुग्छ । त्यहींँ पनि उसले लिफामा पैसा बांँडेर र पाटी भोज गरेर चुनाव जित्छ । त्यस्ताले के काम गरेर देशमा बिकास हुन्छ ?
नेकाको लुम्बिनी प्रदेश सम्मेलनले दुई दिनको छलफलमा केही कुराहरूको माग गरेको छ । लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको अध्यक्षतामा सम्पन्न छलफलले तहगत संरचनालाई पूर्णरूपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसंग आग्रह गरेको छ । गत १६ गते शनिबार शुरुभै आइतबार सम्पन्न कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको छ । सम्मेलनको समापन पछि उपस्थित सन्चारकर्मीसंँग कुराकानी गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले संघीय संरचना अनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरेका छन । संघीय लोकतान्त्रीक गणतन्त्र अनुसार हाम्रो पार्टीको संरचनालाई पनि चलायमान बनाउन पर्यो । स्थानियलाई क्रियाशील बनाउने र निर्देशन गर्ने काम पार्टीको स्थानिय समितिले गर्नुपर्छ, उनले भनेका छन । प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ । केन्द्रले हस्तक्षेपकारी भुमिका निर्वाह नगर्न पनि आग्रह गर्छौं, उनले भनेका छन ।
मुलुक संघीयतामा गैसकेपछि तहगत नीतिनियम, ऐन बनाउन बाँकी नै छ जसका कारण प्रदेशले गर्न पाउने भूमिका के के हो आदि काम कर्तव्यहरू अझै प्रष्ट छैनन् । जसले गर्दा प्रदेश तह प्रशासनिक खर्च बढाउने थलो बनेको भनीरहेका छन । हुनपनि प्रदेशका मन्त्रालय, मन्त्रालय पिच्छेका सचिवालय, धेरै संख्याका कर्मचारी मुलुकले थेग्न नसक्ने र ऋण बोकाउने बनीरहेको छ । संघीयता ल्याएको यही गर्न होइन र हटाउनु पर्छ भन्ने आवाज उठिरहेको छ । एक किसिमले स्वाभाविक हो भन्ने पनि लाग्दछ । मुलुकको राजधानी काठमाण्डौं गैरहंँदा प्रदेशहरू खडा भएसंगै भिड कम हुनेमा आशाबादी थिए तर अबस्था जस्ताको तस्तै छ । अन्र्तराष्ट्रिय एयरपोर्ट भैरहवा र पोखरामा तयार भएपनि पूर्णरूपमा संचालन हुन नसक्दा मुलुकभरका ठाउँबाट अन्र्तराष्ट्रको उडान भर्न काठमाण्डौ नै जानु परेको छ । प्रदेशले प्रदेशभरको सबैखाले जिम्मेवारी नपाउंँदा मन्त्रालयका काममा जनता काठमाण्डौ धाउनु परेको छ । काठमाण्डौंको जाम र यहाँको भिडले कसैलाई नछोडने भत्ता खान, प्रदेश सांसद, जागीर पकाउन र पालीन कर्मचारी भरिने काम मात्र प्रदेश सरकारको भैरहेको छ । एक किसिमले प्रदेश नै नचाहिएको भन्ने पुष्टि भएको छ ।
कुरा नेपाली कांग्रेसको प्रदेश सम्मेलनको हो । पार्टी पुरानो राणा शासन हटाउनेदेखि पञ्चायत फालेको पार्टी धेरै जनताले आशा भरोसा गरेको प्रजातान्त्रिक पार्टी तर पछिल्लो समयमा बैराग लाग्दो बन्दै गएको छ । पाटी हाँकेका नेतामा इमान्दारिता हराउँदै गएको छ । नातावाद र कृपावादमा पार्टी चलेको छ । नेबिसंघ र तरुण दल हराउँदै गएका छन । जो छन उनीहरू निराश छन । भबिष्य देखिरहेका छैनन् । उनीहरूलाई पनि गुटमा बिभाजन गरिएको छ । योग्यता र क्षमताको भरमा जिम्मेवारी दिनु, खोजी गर्नु केही छैन, प्लस टु सकेपछि युवाहरू यो देशमा भबिष्य देखिरहेका छैनन । जति नेता छन, उनीहरूका उत्तराधिकारी नेपालमा छैनन् । नेताका सन्तान बिदेशमा छन । बाउ आमाले राजनीतिक भबिष्य नदेखेपछि र सन्तानलाई नदेखाएपछि नेपालमा बस्ने कुरै आएन । अबस्था यस्तो छ । बुढा र केही युवाले यो देश धानेका छन । बुढा नेताका हस्तक्षेपका कारण केहि गर्न खोजेका युवा नेता नै गर्न पाइरहेका छैनन ।वडादेखि केन्द्रसम्मको भेला गर्ने अभियान बोकेको कांग्रेस पुष १६ मा महासमितिको भेला गरेर बिट मार्ने अभियानमा लागेको छ । कांग्रेसका जिल्ला सभापतिहरूले आ– आफ्नो जिल्लामा वडाहरू र पालिकाहरूमा कोकोले भेला राखे अनुगमन गर्न जरुरी छ । भेला मात्रै गरेर हुँंदैन पाटीका हरेका भातृ भगिनी र शुभेच्छुक संस्थाहरूलाई कार्यबिधी बनाएर संगठन चलायमान बनाउन जिम्मेवारी दिनुपर्छ । हिंँजोका दिनमा जस्तो मास पार्टी हो, जस्।री पनि चल्छ भन्ने जमाना सकिएको छ । समयमा पाटी बचाउन नेतृत्व तहका कार्यकर्तालाई खबरदारी गर्नुपर्छ । संगठन चलाउने पुरानो ढर्रालाई परिवर्तन गरेर समय सापेक्ष ढंगले जनता सामु जानुपर्छ । अनि मात्र जनताले पत्याउनेवाला छन । होइन भने नेका कहाँ छ भनेर इतिहासमा खोज्नुपर्ने हुनसक्छ ।