© २०२३
बुटवल, ९ मंसिर ।
पश्चिम राप्ती नदी क्षेत्रमा नदीको बहाव क्षेत्रको तटबन्धन गर्ने सिमाना सच्याउन राप्ती नदी आसपासका स्थानीय जनताले संघीय सरकारलाई अनुरोध गरेका छन् ।
जनताको तटबन्ध कार्यक्रम लमही सिनियर डिभिजनल इन्जिनियर रमानन्द दासको अध्यक्षतामा बसेको बैठकले पश्चिम राप्ती नदी तटबन्ध अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर ३ रतनपुर गोबरडिहा र खैरा क्षेत्रमा नदीको बहाव क्षेत्र ६ सय ५० देखि ७ सय मिटर सम्म हुनु पर्नेमा १ हजार १ सय देखि १ हजार २ सय सम्म प्राबिधिकहरुको लापरवाहीका कारण हुन गएको भन्दै जनताको तर्फबाट सच्याउन संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
राप्ती नदीको देउखुरी क्षेत्रमा यस भन्दा पहिले भएका तटबन्ध कायम रहेका नदीको बहाव क्षेत्र (चौडाईमा) कतिपय क्षेत्र ५ सय र कतिपय क्षेत्रमा ६ सय मिटर मात्र रहेका छन् । तर अहिले भने तटबन्धको क्षेत्रमा ११ सय १२ सय मिटर चौडाई नदी बहाव क्षेत्र लिई नदी कटान भएको निजी जमिन उकास्नुको सट्टा थप ४ सय मिटर निजी जमिन चापेर तटबन्धको डिपिआर गरी टेन्डरको काम संचालन गर्न कालिका कन्स्ट्रक्सनसंग सम्झौता समेत भएको अवस्थामा निर्माण कार्य शुरु गर्दा मात्र थाहा पाएर जनता र जनप्रतिनिधिले बिरोध जनाएका हुन् ।
यस क्षेत्रमा २ किलोमिटर लम्बाई र ५ सय मिटर चौडाई भएको क्षेत्रफलको निजी जमिन नदी कटानमा परी बगरमा परिणत भएको छ । सरकारले जनता र जनप्रतिनिधिको माग अनुसार कटान भएको निजी जमिन उकास्ने गरी तटबन्धन गर्ने र यसका लागि ६–७ सय मिटर चौडाईमा नदी बहाव क्षेत्र छोडेर तटबन्ध गर्दा सबै जनताको समस्या समाधान हुने लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले बताए ।
राप्ती नदीको बहाव क्षेत्र प्रगन्न पडका पथबाट निर्मित पश्चिम राप्तीको दायाँ किनारको तटबन्धबाट ६ सय मिटर देखि ६ सय ५० मिटर कायम गरी तटबन्ध निर्माण गर्न दिने र हाल नापजाँच गरिएको ठाउँमा तटबन्धको काम गर्न नदिने स्थानीयबासी, प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरु सर्वसम्मत रुपमा असहमत रहेको निष्कर्ष निकाल्दै र सोही बमोजिम सम्बन्धित निकाय र एडिबीलाई जानकारी गराउने निर्णय भएको थारुले बताए ।
जनताको मागको बिषयलाई सम्बोधन नगरी सिचाई विभाग प्रतिनिधि, एसियाली विकास बैक प्रतिनिधि, जनता तटबन्ध आयोजना लमहीको प्रमुखले टेन्डर भईसकेको डिपिआर बदल्न नसक्ने जानकारी गराएपछि सोही क्षेत्रका जनताको माग उर्जा मन्त्रालय पठाउने र माग पूरा नहुँदा सम्म निर्माण कार्य गर्न नदिने निर्णय स्थानीय जनताहरुले गरेका छन् । प्राविधिक त्रुटीका कारण बहाव क्षेत्र अत्यधिक भएको भन्दै नदीको बहाव क्षेत्रको तटबन्धन गर्ने सिमाना सच्याउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सासंद इन्द्रजित थारुले जानाकारी दिए ।
जनता तटबन्ध पश्चिम राप्ती नदी दाङ्ग गढवा ३ रतनपुर, गोबरडिहा र खैरा घाटमा २२ सय मिटर लम्बाई रहने एउटा खण्ड तटबन्ध कार्यक्रम संघ सरकार सिचाई विभागद्वारा संचालित एसियली बिकास बैंकको ऋण कार्यक्रम हो ।