ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

भूकम्पबाट प्रभावित क्षेत्र रुकुम पश्चिममा एमाले रुपन्देहीले पठायो स्वयंसेवक

५ मंसिर २०८०, मंगलवार
५ मंसिर २०८०, मंगलवार

बुटवल, ५ मंसिर ।

नेकपा एमाले रुपन्देहीले भूकम्पबाट प्रभावित क्षेत्र रुकुम पश्चिममा स्वयंसेवक पठाएको छ । गत कात्तिक १६ गते राती जाजरकोटको रामीडांडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एकसय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका छन् । भूकम्पका कारण २६ हजार पांच सय ५७ निजी घर पूर्णरुपमा ध्वस्त भएका थिए ।

त्यस्तै ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको सरकारी तथ्यांक छ । भूकम्पका कारण घरबार भत्किएर छानो विहिन भएकाहरुलाई ओतलाग्ने भरपर्दो त्रिपाल समेतको व्यवस्था नहुंदा चिसोका कारण कठ्यांग्रिएर १० जना बढीको मृत्यु भईसकेको छ ।

बालबालिका, वृद्धवृद्धा, सुत्केरी, गर्भवती तथा विरामी र अशक्त व्यक्तिहरु झनै विरामी परेका छन् । एमालेले भूकम्पबाट सयौं भौतिक संरचना भत्किएर क्षति भएको पश्चिम रुकुमको बिसकोट नगरपालिकामा तत्कालको लागि अस्थायी घरटहरा निर्माणका लागि भन्दा रुपन्देहीबाट २० जना स्वयंसेवकको टोली पठाएको जनाएको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले मंसिर ५ गतेदेखि आगामी १७ गतेसम्म निरन्तर सर्वसाधारणका भत्किएका घरटहरा निर्माणका लागि २० जना स्वयंसेवकको टोली पठाएको बताए ।

अध्यक्ष केसीले भूकम्प प्रभावित क्षेत्रमा काम गर्न आवश्यक पर्ने गैंती, बेल्चा, हाते आरा, हथौडा, खुर्पा लगायतका औजार तथा स्वयंसेवकहरुको सुरक्षँको लागि ज्याकेट, पञ्जा, हेलमेट लगायतका आवश्यक सामग्री र खाने बस्ने खर्च समेतको व्यवस्था गरि पठाईएको जानकारी दिए । अध्यक्ष केसीले यसअघि २०७२ सालको भूकम्पबाट ध्वस्त बनेका संरचनाको पूनर्निर्माणको लागि समेत स्वयंसेवक खटाईएको उल्लेख गर्दै अहिलेपनि त्यति बेला काममा खटिएका अनुभवी स्वयंसेवकहरुलाई पठाईएको जानकारी दिए ।

विगतमा जस्तै यसपटक पनि भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको घाउमा मल्हम लगाउने गरी अनुशासित भएर काम गरेर फर्किन निर्देशन दिए । नेकपा एमालेले यसअघि नै भूकम्प प्रभावित क्षेत्रमा एकहजार एकसय जना स्वयंसेवक परिचालन गरिसकेको जनाएको छ । स्वयंसेवकहरुले भूकम्पले भत्काएका घरभित्रका सामानहरु निकाल्ने, भग्नावशेष पन्छाउने र जमिन सम्याएर अस्थायी घरटहरा बनाउने काम शुरु गरेका छन् ।

पार्टी केन्द्रको तर्फबाट एकहजार र प्रदेशका एकसय गरी ११ सय स्वयंसेवक भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा खटिएको रुपन्देही अध्यक्ष केसीले जानकारी दिए ।

जाजरकोटमा सातसय र रुकुमपश्चिममा चारसय स्वयमसेवक परिचालन भएका छन् । एमालेका जनसंगठनहरु नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरुको टोलीलाई २८ वटा समूहमा विभाजन गरि मंसिर १ गतेदेखि नै खटाइएको एमाले पोलिटब्युरो सदस्य तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । एमालेले २०७२ सालको भूकम्पमा पनि स्वयंसेवक परिचालन गरी २७ हजार २७६ अस्थायी घरटहरा र १३ सयभन्दा बढी विद्यालयका अस्थायी संरचना निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?