ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को तयारी तीव्र

२६ कार्तिक २०८०, आईतवार
२६ कार्तिक २०८०, आईतवार

भैरहवा, २६ कात्तिक ।

आगामी मंसिर ६ देखि १८ गतेसम्म भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) को तयारी तीव्र पारिएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजना, सिद्धार्थनगर नगरपालिकाको सह–आयोजना तथा नेपाल चेम्बर अफ कमर्श काठमाडौं र चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको संरक्षकत्वमा हुने महोत्सवको तयारी तीव्र पारिएको हो ।

सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा हुने महोत्सवको ७० प्रतिशत बढी काम सम्पन्न भइसकेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए । उनले आर्थिक क्षेत्र चलायमान हुन नसकेको अवस्थामा आर्थिक क्षेत्रमा केही भए पनि चलायमान होस् भन्ने उद्देश्यले मेला सञ्चालन गर्न लागिएको बताए । उनले उद्घाटन भएर पनि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दबाब दिन मेलाको प्रवेशद्वार हवाइजहाजको आकृतिमा निर्माण गरिने बताए । उनले भने, ‘विमानस्थल झल्किने गरी ८० रुपैयाँको टिकटमा जहाजमा प्रवेश गरेर मेलास्थलमा जान सक्ने गरी प्रवेशद्वार बनाउँदैछौं ।’ त्यस्तै मेला सचिवालय अर्घाखाँचीमा रहेको प्रसिद्ध सुपा देउराली मन्दिरको आकृतिमा बनाइने उनले जानकारी दिए । ‘मेलामा सेल्फी÷टिकटक जोन पनि रहनेछ, ’श्रेष्ठले भने ।

महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ र समूहमा आउने विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले जनाए ।

शनिबार र सार्वजनिक विदाको दिनबाहेक अन्य दिनहरुमा बिहान ११ बजेसम्म र ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताए । महोत्सवमा स्थानीयका साथै राष्ट्रिय कलाकारको प्रस्तुति रहने श्रेष्ठले जानकारी दिए ।

महोत्सव स्थानीय उत्पादन र कृषिको प्रवद्र्धन गर्ने स्थान रहेको उनको भनाइ छ । खेलकुदको प्रवद्र्धनका लागि भलिबल, कुस्ती लगायतका खेल प्रतियोगितामा महोत्सव सञ्चालन गरिने श्रेष्ठले बताए । तराईमा धेरै रुचाइएको कुस्ती प्रतियोगितामा महिला पहलमानको समेत सहभागीता रहने उनले जानकारी दिए ।

महोत्सवको करिब ५ लाख दर्शकले अवलोकन गर्ने उनले बताए । मेलामा ३५० देखि ४५० सम्म स्टल राख्ने लक्ष्य रहेको र केही स्टलहरु दर्ता गर्न बाँकी रहेको उनले बताए ।

सरकारले गर्नुपर्ने महोत्सव निजी क्षेत्रले गर्दै आएको उनले बताए । ‘वास्तवमा मेला महोत्सव राज्यले गर्नुपर्छ, तर प्रत्येक वर्ष निजी क्षेत्रले आयोजना गर्दै आएको छ । विदेशमा सरकारले मेला महोत्सवको आयोजना गर्छ । मेलाका लागि स्थायी मण्डप नहुँदा वर्षेनी करोडौं लगानी र समय अस्थायी संरचनमा खर्चिनुपरेको छ, ’उनले भने । भैरहवा मण्डप स्थापना नभएसम्म समस्या रहेको उनको भनाइ छ ।

संगठनका पूर्वअध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले अर्थतन्त्रमा थोरै भए पनि गति आओस् भन्ने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय गरिएको बताए । उनले यस क्षेत्रका उद्योगी, व्यवसायी, नागरिक समाज, संस्कृति प्रेमी समुदाय, संचारकर्मी सबैको सहयोगमा महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।

संगठनका सचिव, प्रवक्ता एवं महोत्सवका प्रचारप्रसार एवं यायातात उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले मेलास्थलमा लैजान र दर्शकलाई गन्तव्यसम्म पुर्याउन शनिबारबाहेक अन्य दिन १० वटा ई–रिक्सालाई मेलास्थलमा पार्किङको व्यवस्था गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?