© २०२३
बुटवल(बुटवल टुडे) कार्तिक । नेपाल चाटर्ड एकाउन्टेन्स संस्था शाखा कार्यालय बुटवको आयोजानमा अन्तराष्ट्रिय लेखा दिवसको २०२३ को अवसरमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रभातफेरी कार्यक्रममा मन्तव्य राख्दै बुटवल उप–महानगरपालिका प्रमुख खेलराज पाण्डेयले लेखाको विषयमा सबैजना गम्भिर हुनुपर्ने बताएका थिए । नेपाल चार्डट एकाउन्टेन्स संस्था केन्द्रीय परिषद् सदस्य राए. माधव प्रसाद पराजुलीले लेखा संवेदनशिल विषय भएको भन्दै यसमा सबैजनाले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।
आईक्यान बुटवल शाखा संमन्वय समितिका संयोजक सिए. शिवहरी शर्माको संयोजकत्वमा भएको प्रभातफेरी कार्यक्रम संस्थाको शाखा कार्यालय बाट सुरु भई मिलनचौक हुदै पुनःकार्यलय परिषरमा पुगेर समापन भएको थियो । प्रभातफेरी कार्यक्रममा लेखा व्यवसाय संग सम्बन्धीत अडिटर्स, विद्यार्थी, लेखा कर्मचारी तथा सरोकारवालालहरुको सहभागीता रहेको थियो । प्रभातफेरीमा लेखा व्यवसायको महत्व झल्कीने खालको प्लेकार्ड समेत प्रर्दशन गरिएको थियो ।
प्रभातफेरी पश्चात बुटवलमा ‘सार्वजनिक वित्त व्यवस्थापनमा सुशासन तथा नियमनकानकारी निकायको भूमिका ’ विषयक अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्यालले लेखा व्यवसायको महत्व पछिल्लो समयमा अझै बढ्दै गएको भन्दै नियमनकारी निकायको भूमीका समेत फराकिलो भएको बताएका थिए ।
कार्यक्रममा नेपाल चार्टस एकाउन्टेन्स संस्था केन्द्रीय परिषद्का सदस्य राए. माधव प्रसाद पराजुली, आन्तरिक राजश्व कार्यालय भैरहवा तथा बुटवलका प्रमुख, राजश्व अनुसन्धान कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवाला निकायको उपस्थिति रहेको नेपाल चार्टड एकाउन्टेन्स संस्था बुटवल शाखा प्रमुख किशोर पराजुलीले जानकारी दिए ।