ट्रेंडिंग:

>> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

डुम्रे दुग्ध कृषि सहकारीले मनायो ३० औं साधारण सभा

२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

पाल्पा ।

डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेड तिनाउ–६ पाल्पाले आफ्नो ३० औं वार्षिक साधरण सभा मनाएको छ । साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले कृषकको भरपर्दो सारथी नै सहकारी भएकोले कृषि र कृषकको रुपान्तरण सहितको समृद्धिको लागि सहकारी प्रमुख माध्यम बनेको बताए ।

पछिल्लो समय केही सहकारीले सम्रग सहकारीको बदनाम गर्ने काम गरेको भन्दै त्यस्ता सहकारीको नियमनमा राज्यका संयन्त्र परिचालन भैसकेको उनले बताए । डुम्रे दुग्ध सहकारीले पश्चिम पाल्पा सहित जिल्लामै कृषकको मर्म अनुरुपको हितकारी नीति र कार्यक्रम मार्फत समृद्ध कृषक उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए । साथै उनले तीन तहकै समन्वय र लगानीमा कृषकको उत्पादनको उचित मूल्य सहितको बजारीकरण अबको आवश्यकता भएकोले त्यो खाँचोलाई परिपुर्ति गर्न जुट्नुपर्ने आवश्यकता रहेको बताए ।

तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले पालिका भित्रका सहकारीलाई लक्षित गरी दुई खालको नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा पालिका रहेको बताए । तिनाउको जेठो र नमुना सहकारी डुम्रे नै रहेकोले यसले पालिकाको सम्रग कृषि र पशुपालन क्षेत्रमा भविष्य खोजेका कृषकलाई सहयोग पुगेको बताए ।

यस्तै तिनाउ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष टोम बहादुर पुनले सहकारीलाई अब प्राविधिसँग जोड्न सके सदस्यले सुविधा पाउने बताउँदै सहकारीले कृषकको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद खनाल, दुग्ध उत्पादक संघ पाल्पाका संयोजक एवं सहकारीमा पूर्व अध्यक्ष रामजी घिमिरे, नवयुग कृषि सहकारी तानसेन ७ का अध्यक्ष महेश्वर पन्त, पशुपालक कृषक सिता कार्की, सहकारीका उपाध्यक्ष शंकर प्रसाद भण्डारी, सचिव एवं सञ्चालक समिति सदस्य यम बहादुर खत्री लगायतले डुम्रे सहकारीले अन्य सहकारीको लागि पनि एउटा अध्ययन र सिकाई केन्द्रको रुपमा विकास भएको भन्दै वास्तविक कृषकको लागि सहकारीले उपलब्ध गराएको सेवाले कृषकलाई कृषि र पशुपालनमा टिकाउन सहयोगी भूमिका खेल्दै आएको बताएका थिए । साथै उनीहरुले सहकारीले ल्याएको नयाँ नीति र प्रस्तावित कार्यक्रम कार्यान्वयन भएको खण्डमा कृषकलाई अझ फाइदा पुग्नेमा विश्वास व्यक्त गरे ।

२०५१ साल २२ गतेबाट सेवा सुरु गरेको सहकारीले लुम्बिनी प्रदेश सरकारको सहयोगमा बनेको आफ्नै सुविधा सम्पन्न साढे दुई तले भवनबाट कृषकलाई सहकारी अभियान मार्फत सेवासुविधा दिंदै आएको छ । जिल्लाका तीन गाउँपालिका रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ र तानसेन नगरपालिकाका ५ सय बढी कृषकको दैनिक दुध संकलन गरी बजार पु¥याउँदै आएको सहकारीमा ३ सय ५८ जना शेयर सदस्य जोडिएका छन् ।

साधारण सभाको अवसरमा सहकारीका अध्यक्ष दुर्गा बहादुर खाँण ठकुरीले संस्थाको वार्षिक प्रतिवेदन सहित आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारीलाई देशभरकै उत्कृष्ट सहकारी बनाउने अभियान अनुरुप सहकारीमा आबद्ध सदस्यको उत्थान र हितको लागि सहकारी मैत्री विभिन्न कार्यक्रम र नीति निर्माण गरिएको अध्यक्ष ठकुरीले बताए ।

संस्थामा आवद्ध सदस्यका पशुको बिमा शुल्क सहकारीले भुक्तानी गरिदिने, कृषकले खरिद गर्ने गाई, भैंसी र दाना, भिटामिनको ढुवानीमा शतप्रतिशत अनुदान दिने, संस्थाको पशुप्राविधिकबाट पशुको उपचार र कृत्रिम गर्भाधान गराउँदा १५ प्रतिशत सहुलियत, आगामी वर्ष देखि बोयलर सहितको प्लान्ट जडान गरी दुधको प्रशोधन र विविधिकरण गरी दुधमा हुने होलिडेको अन्त्य गरिने, संस्थाको व्यवसय वृद्धि गर्न बंगुर फर्म सञ्चालन गरिने, कृषकलाई पशुपालनसँगै तरकारी खेतिमा प्रोत्साहन गरी उत्पादित तरकारीलाई बुटवलको हाटबजारमा बिक्री वितरण गर्ने लगायतको कार्यक्रम परित गरिएको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताए ।

सहकारीका लेखा सुपरिवेक्षण संयोजक घन बहादुर कार्कीले आर्थिक वर्ष २०८०–८१ को ३० करोड ७ लाख २४ हजार बराबरको वार्षिक आयव्यय विवरण पेस गरेका थिए भने सहकारीको ०७९–८० को २ करोड ८८ लाख ९९ हजार ६ सय ५४ रुपैयाको आम्दानी खर्चको विवरण समेत प्रस्तुत गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?