© २०२३
काठमाण्डाै ।
चालु आर्थिक वर्षकाे तीन महिनामा तीन खर्ब ६५ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदाै र असाेजमा रेमिट्यान्स ३० दशमलव शून्य प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ कराेड रुपैयाँ पुगेकाे छ ।
गएकाे आर्थिक वर्षकाे पहिलाे तीन महिनामा रेमिट्यान्स १६ दशमलव आठ प्रतिशतले बढेकाे थियाे । अमेरिकी डलरमा रेमिट्यान्स २५ दशमलव नाै प्रतिशतले बढेर दुई अर्ब ७६ कराेड पुगेकाे छ ।
तीन महिनामा श्रम स्वीकृति लिने नेपालीकाे सङ्ख्या एक लाख १३ हजार तीन सय ९७ रहेकाे छ । गएकाे वर्षकाे यही अवधिमा श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ४७ हजार नाै सय २३ थियो ।
यस्तै पुनः श्रम स्वीकृति लिनेकाे सङ्ख्या ४९ हजार दुई सय ९७ छ । गएकाे वर्षको यही अवधिमा यस्तो सङ्ख्या ५७ हजार आठ सय ६१ थियो ।